टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

बिज्ञापन

कम्पन बिहान स्थानीय समयानुसार १०ः ४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको थियो । यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो । उक्त भूकम्पमा टर्कीमा ५३ हजार पाँच सयभन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

बिज्ञापन

“हाल, ५.९ म्याग्निच्युडको भूकम्पपछि कुनै जनधनको क्षति भएको छैन,“ राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ। केही समयपछि गृहमन्त्री अली येर्लीकायाले तीन अलग–अलग क्षेत्रमा तीनवटा भवन ‘आंशिक रूपमा भत्किएको’ र आपत्कालीन सेवाहरूले सहयोगका लागि दर्जनौँ फोन कलहरू प्राप्त गरेको बताए । एजेन्सी

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ

सामान्य प्रशासनको लाचारी : १४१ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

बाढी–पहिरो, अवरुद्ध सडक र अत्यधिक दबाबबीच उठेको विभाग: जसले पुस्छ डा. जैसीको रात–दिनको पसिना

बिशेष