डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस डडेल्धुरा अमरगढी नगरपालिका ७ मा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले बताएको छ ।
घाइते हुनेमा पुर्चौंडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए ।
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष