अस्ताए सशस्त्र प्रहरी निरीक्षक बडुवाल

बिपद् उद्दार र राहत बितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ । असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।

बिज्ञापन

बिपद् ब्यबस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य बिपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हाल सम्म त्यहिं कार्यरत थिए । पछिल्लो समय असोज ११ गते देखिको अबिरल बर्षाका कारण काभ्रेको विभिन्न ठाउंमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । सो बेश बाट काभ्रेको रोशी , भुमिडांडा , बेथानचोक , नार्केबजार , मंगलटार , कालढुंगा , बाल्टिङ लगायतका स्थानमा परिचालित थियो ।

बिज्ञापन

सशस्त्र प्रहरी निरीक्षक बडुवाललाई ज्वरो लगायतका समस्या देखिएपछी असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो । बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए ।

उनको आजै सांझ पशुपती आर्यघाटमा फौजी सम्मानका साथ अन्तेस्टी गरिने छ । उनी संगठनामा मिजासिला, हंसिलो स्वभाव भएका, जिम्मेवारी प्रती लगनशिल अधिकृत थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

 भेनेजुएलाः राजनीतिक पतनदेखि भू–राजनीतिक संघर्षसम्म

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

बिशेष