दशैंका बेला विदेश उड्नुपर्ने बाध्यता

गाउँ-शहर जताततै दशैंको रौनक छ । छरिएर बसेका आफन्तहरु दशैंको टीका र आशिर्वाद लिन कष्ठकर यात्रा गरेर पुग्ने क्रम जारी छ ।

बिज्ञापन

कतिपय त जन्मघर पुगिसके । अर्कोतिर दशैंको मुखमा आफन्तसँग टाढिएर विदेश उड्नेहरुको पनि कमी छैन । कतिपय उडिरहेका छन् भने कति तयारीमा छन् । फूलपातीको दिन मात्रै झन्डै ७ हजार नेपाली विदेशिएका छन् । अधिकांश रोजगारीका लागि हिँडेका हुन् ।

बिज्ञापन

‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर प्यारो भयो’, सर्लाहीका अजय मेहताले भने ।

दशैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो ।

बिज्ञापन

शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टकर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष