हुन्डिको रकमसहित एक भारतीय नागरिक पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले हुन्डिको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।वीरगञ्ज वडा नम्बर १६, भन्सार मेनगेटमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेको बीआर ०५ एएम २६६४ नम्बरको स्कुटरलाई शंका लागी चेकजाँच गर्दा ठूलो मात्रामा अवैध रकम फेला परेको हो ।

बिज्ञापन

प्रहरीले स्कुटरमा सवार भारतको पूर्वी चम्पारण, रक्सौल नगर पन्चायत नागा रोडका ५८ वर्षीय अनिल कुमार रुङ्गटालाई नियन्त्रणमा लिएको छ । रुङ्गटाको झोलाबाट स्रोत नखुलेको नेपाली रूपैयाँ ३ लाख ५३ हजार र प्रतिबन्धित भारतीय रुपैयाँ ५०० दरका १७ हजार ५ सय फेला परेको सशस्त्र प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीले जानकारी दिएका छन् ।प्रहरीको अनुसार, अनिल कुमारले स्कुटरमा लुकाएर उक्त रकम ल्याउँदै गरेका थिए । नियन्त्रणमा लिइएका उनीसहित १ लाख ५० हजार मूल्यको स्कुटर र बरामद गरिएको रकम वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष