भ्रष्टाचारमा बदनाम सहसचिव भट्टराईलाई अध्यागमन प्रमुखको जिम्मा, सुधार गर्ने सहसचिव ४ महिनामै सरुवा

काठमाडौँ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको सरुवा गरिएको छ । सहसचिव पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गर्दै त्यहाँका महानिर्देशक तीर्थराज भट्टराईलाई अध्यागमन कार्यालयको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

गृह मन्त्री रमेश लेखकले असोज २१ गते पन्थीलाई कसुरजन्य विभागमा खटाएर भट्टराईलाई अध्यागमन कार्यालय पठाएका हुन् । लोकसेवा आयोगबाट शाखा अधिकृतमा पास गरेर पदस्थापन भएदेखि एकपछि अर्को विवाद र भ्रष्टाचारमा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई अध्यागमनको हाकिम बनाइएको छ ।

बिज्ञापन

शाखा अधिकृत पास भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियामा पदस्थापन भएका भट्टराईले भारतीयलाई नागरिकता दिएपछि विवादमा परेका थिए । उपसचिव बढुवापछि तत्कालीन जिल्ला विकास समिति महोत्तरी, काठमाडौं लगायतको एलडीओ हुँदा पनि उनी भ्रष्टाचारमा मुछिएका थिए ।

२०७२ मा काठमाडौंका एलडीओ भएको समयमा गुणस्तरहीन त्रिपाल खरिद गरेको अभियोगमा उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।रवि लामिछाने पहिलो पटक २०७९ पुसमा गृहमन्त्री हुँदा राष्ट्रिय परिचपत्र छपाईमा बिचौलिया राखेर करोडौं कमिसन प्रकरणमा तत्कालीन गृहसचिव विनोदप्रकाश सिंहका मतियार भट्टराई नै थिए ।एकपछि अर्को विवादित र भ्रष्टाचारमा मुछिएका भट्टराईलाई अध्यागमनमा प्रमुख बनाएका छन् गृहमन्त्री लेखकले ।

बिज्ञापन

अध्यागमन सुधारको संकल्पसहित जेठ २४ गते अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख बनाई पठाइएका पन्थी नयाँ सरकार गठनसँगै चार महिना पुग्न चार दिन बाँकी हुँदै त्यहाँबाट हटाइएका छन् ।  कार्यालयको भौतिक सुधारदेखि राष्ट्रिय-अन्तराष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा ऐतिहासिक सफलता हासिल गरेका पन्थीले कर्मचारीको क्षमता अभिवृद्धिमासमेत ध्यान दिए भ्याए ।

नेपाल प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुटकै अवस्थाका बिच विमानस्थल खटाइएका पन्थीले आन्तरिक समन्वय तथा व्यवस्थापनदेखि सेवा सुधारसम्मै सकारात्मक नतिजा दिन सफल भए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष