दशैंको बेला सचिवलाई झण्डै दनक

‘तँलाई यो कुर्सीमा बस्न मन छ कि छैन ?’ सुब्बा तहका ट्रेड युनियनकर्मीले यखरी धम्की दिएपछि कुर्सीमा बसिरहेका सचिव उठ्न खोज्दै थिए ।

बिज्ञापन

धम्की आयो, ‘तँ यहाँबाट उठिस्-हल्लिस् मात्र भने उठाएर फाल्दिन्छु । पहिला हाम्रो कुरा सुन् ।’ गत बिहिबार बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको कार्यकक्षमा छिर्यो, निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटवालको समूह ।

बिज्ञापन

अहिले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता छन्,त्यहाँ एमाले निकटकै सचिव भरतमणि सुवेदीलाई ल्याइएको छ । वर्तमान टिमले मन्त्रालय कमाण्ड गरेसँगै कर्मचारी सरुवामा झनै भद्रगोल बन्न पुगेको छ । एमाले र काँग्रेसको सरकार भए पनि कतिपय काँग्रेसले सम्हालेको स्थानीय तहलाई पेलिएको छ । यस्तै अर्थ,मालपोत,भन्सार,कर लगायतका आकर्षक कार्यालयमा एमाले निकटकै कर्मचारी छानी छानी खटाइएसँगै सचिवसँग चर्काचर्की परेको हो । सोही बिषयमा काँग्रेस निकट कर्मचारी युनियनका पदाधिकारीहरु सचिवको कार्यकक्षमै पुगेर सचिवसँग झगडा गरेका हुन ।

ट्रेड युनियनका पदाधिकारीहरु सचिवसँग तँ- तँ र म- म शैलीको प्रस्तुत भएका थिए । उनी सचिवमाथि आक्रामक ढंगबाट प्रस्तुत हुन थालेपछि घटना मिलाउन प्रहरीलाई गुहार्नु परेको थियो ।

बिज्ञापन

उनै कटवालले सचिवलाई धम्क्याउनाको कारण थियो, कर्मचारी सरुवामा भएको तलमाथि ।एमाले नेता-कार्यकर्ताको इच्छा, मागअनुसार कर्मचारीलाई चलाउन थाल्दा काँग्रेसनिकट पेलानमा परेको गुनासो छ । एमालेनिकट कर्मचारीलाई छानीछानी कमाउ कार्यालयमा पठाएको तर सत्तासाझेदार कांग्रेसले त्यस्तो अवसर नपाएको आक्रोश त्यसदिन यसरी पोखिएको हो ।

मन्त्री छन्, पर्साका राजकुमार गुप्ता, पार्टीको पोर्टफोलियोमा निकै तल रहेका एमाले नेता-कार्यकर्ताको इच्छा, मागअनुसार कर्मचारीलाई चलाउन थाल्दा काँग्रेसनिकट पेलानमा परेको गुनासो छ । एमालेनिकट कर्मचारीलाई छानीछानी कमाउ कार्यालयमा पठाएको तर सत्तासाझेदार कांग्रेसले त्यस्तो अवसर नपाएको आक्रोश त्यसदिन यसरी पोखिएको हो ।

यस्तो पाखुरा सुर्काइ लेखाको कर्मचारी सरुवा गर्ने जिम्मेवारीप्राप्त महालेखा नियन्त्रक कार्यालय, मालपोतका कर्मचारी सरुवा गर्ने भूमिव्यवस्था तथा अभिलेख विभागसम्म देखियो । भूमि व्यवस्थाले १०४ जना खरिदार, १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीको सरुवा गत असोज १४ गते टुंग्यायो ।  सरुवा गरिंदा पदअनुसार प्रतिकर्मचारीबाट ५ देखि सात लाखसम्म असुलिएको कतिपयको आरोप छ । सोहि कारण घटना घटेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष