उपसचिवलाई नियम विपरित सवारी,चालकलाई दोहोरो सुविधा समाचारको उपसचिवद्धय श्रीधर ज्ञवाली र हरि शर्माद्धारा खण्डन

उपसचिवद्धयले सरकारी गाडी दुरुपयोग गरिरहेको बिषयमा कर्मचारी प्रेस डटकमले उपसचिवलाई नियम विपरित सवारी,चालकलाई दोहोरो सुविधा  शीर्षकमा प्रकाशित समाचार र सो पछि प्रकाशन भएका समाचारप्रति केन्द्रका उपसचिव श्रीधर ज्ञवाली र हरि शर्माले खण्डन गरेका छन् । उपसचिव ज्ञवाली  र शर्माले बुँदागत रुपमा उक्त समाचारको खण्डन गरेका छन् ।

बिज्ञापन

ज्ञवालीले समाचारमा प्रकाशित गरिएजस्तो,बिहान सातै बजे कार्यालयमा आउने बिषयको खण्डन गर्दै आफ्नो हाजिरी विवरण अनलाइन र हाजिरी रजिष्ट्ररमा सुरक्षित रहेको उल्लेख गरेका छन् । आफ्नो दिँउसो नसिकएको काम सोही दिन सकाएर जाने गरेको तर विहानै सातै बजे आफिस कहिल्यै नगएको जनाएका छन् । यस्तै, राती अवेरसम्म बस्ने र अफिस छुटेपछि विभिन्न व्यक्तिहरुलाई फोन गरेर थर्काउने गरेको बिषयबस्तुको खण्डन गर्दै उनले,आफूलाई आर्थिक प्रशासन शाखाको जिम्मेवारी रहेको,अनुसन्धानको जिम्मेवारी नै नरहेको अवस्थामा कसैलाई सम्पर्क गर्न दरकार नपर्ने प्रष्टाएका छन् ।

बिज्ञापन

यस्तै सहसचिवलाई थर्काएर उपसचिवले गाडी सुविधा लिएको बिषयमा केन्द्रमा पुलमा रहेको गाडी प्रयोग गरिरहेको र केन्द्रका सोही दर्जाका उपसचिवहरुले समेत प्रयोग गरिरहेको खुलाएका छन् । उनले पठाएको खण्डनमा भनिएको छ,कुरा गर्ने तौर तरिका र व्यक्तिगत विशेषता फरक हुनसक्छ तर आचारसंहिता र पेशागत मर्यादा नाघी तालुक अधिकारीहरु उपर अन्यथा व्यवहार गरेको छैन ।

यस्तै प्रशासन र लेखाका उपसचिव मिलेर पहिलेका सचिव रामआधार साहले दिएको भ्रमण आदेश रद्ध गरेको बिषयमा सचिव रामआधार साहको पदाधिकार ८१ साल भदौं १७ गतेसम्म रहेको तर उनले आफ्नो पदाधिकार नरहेको ८१ साल साउन २१ वा सोभन्दा पछिदेखि काज खटिने गरी बलजफ्ती आदेश गरेकाले ती भ्रमण आदेश रद्ध भएको,यद्यपि भ्रमणमा खटाउने अधिकारिक व्यक्ति आफू नभएको प्रष्टाएका छन् ।

बिज्ञापन

यस्तै लेखामा काम गर्न करारमा कर्मचारी राखेको,कर्मचारी हटाइ एकलौटी गरेको बिषयमा ८१ वैशाख ३१ को पत्रानुसार एक कार्यालय सहयोगीको काम गर्ने स्थानमात्र परिवर्तन गरेको र ती कर्मचारीको करार सम्झौताको प्रतिलिपि अनुसार लेखामा कामकाज गर्ने कार्यविवरण नरहेको  हुँदा उक्त समाचार झूठो भएको भन्दै उनले खण्डन गरेका छन् ।


यस्तै उपसचिव हरिप्रसाद शर्माले उक्त समाचारको बुँदागत रुपमा खण्डन गरेका छन् ।

शर्माले आफ्ना लागि ड्राइभर नियुक्ति र सुविधा लिएको बिषयमा केन्द्रको सचिवस्तरीय निर्णयबाट काम गरेको अवधिको पारिश्रमिकता पाउने गरी करारमा नियुक्त गरिएको ड्राइभरलाई अपराधीको रुपमा चित्रण गर्नु घोर आपत्तिजनक रहेको जनाएका छन् ।

यस्तै,सवार सुविधा लिएको बिषयमा कार्यालयसँग सम्बन्धित काममा मातहतका अधिकृतले समेत उपयोग गरेको,सुविधा रुपमा प्रयोग नगरेको जनाएका छन् ।
उनले सचिव रामआधार साहले गरेको संस्थागत निर्णय उल्टाएको,जारी भ्रमण आदेशहरु खारेज गरिदिएको बिषयमा संस्थागत निर्णयका आफ्नै विधि र प्रक्रिया हुने उल्लेख गर्दै,उनीद्धारा सम्प्रेषित खण्डनमा भनिएको छ,हाल र पहिले पनि केन्द्रका सचिव र प्रशासन महाशाखा प्रमुखबाट भ्रमण आदेश स्वीकृत हुने गरेका कारण यो समाचार सरासर भूठ र बेइमानीपूर्ण समाचार हो ।

उपसचिवद्धयले समाचार प्रकाशन पूर्व एक सूचना अधिकारी वा प्रवक्ता, सम्बन्धित व्यक्तिलाई एकपटक पनि नसोधी एकपक्षीय रुपमा समाचार प्रकाशन र प्रसारण भएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष