राजीनामा गर्न प्रधानमन्त्रीको सुझाव मुख्यसचिवले मानेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न अनियमितामा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई पदबाट राजीनामा गर्न सुझाव दिएका छन् । मुख्य सचिवले भने आनाकानी गरिरहेको बालुवाटार स्रोतले बतायो ।

बिज्ञापन

योजना अनुसार सबै काम कुरो मिलेको भए फागुन २० गते आइतबार विशेष अदालतमा टेरामक्स खरिदसम्बन्धी मुद्दा दायर हुन्थ्यो । अख्तियारको तयारी पनि आइतबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने नै थियो । त्यही अनुसार अख्तियारले ब्रिफिङ समेत गरेको थियो । तर प्रतिवादी बनाउनुपर्ने व्यक्ति कर्मचारीहरूको सर्वोच्च पदमा रहेको कारण त्यो सहज थिएन ।

बिज्ञापन

मुख्यसचिवले राजीनामा नदिएर नियमित काम गरिरहेकोमा प्रधानमन्त्री उनीसँग असन्तुष्ट बनेका छन् । अर्यालका कारण आफ्नो र सरकारको छविमा पनि आँच आउन सक्ने भन्दै प्रधानमन्त्रीले थप दवाव दिएर राजीनामा गर्न लगाउने सम्भावना पनि रहेको बताइएको छ ।

मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवारका अलवा टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिदसम्बन्धी अनियमिततामा मुछिएपछि उनलाई बिदा बसेर मार्गप्रशष्त गर्न निर्देशन दिइएको हो । मुख्यसचिव बैकुण्ठ अर्याललाई आजदेखि बिदामा बस्न भनिएको छ । नेपाल टेलिकमको बिलिङ सिस्टममर्मत अनियमित सम्झौतामा मुछिएको समाचारपछि उहाँलाई बिदामा बस्न प्रधानमन्त्रीले हिजै राती निर्देशन दिनुभएको बताइएको छ ।

बिज्ञापन

अर्याल बिदामा बसेपछि मन्त्रिपरिषद सञ्चालनको निम्ति निमित्त मुख्यसचिवको खोजी भएको छ । त्यसबारे फाइनल नभइसकेको बालुवाटार स्रोतको दावी छ ।अख्तियारले यी प्रकरणमा जोडेर अर्याललाई समेत प्रतिवादी बनाएर मुद्धा चलाएको खण्डमा मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दामा डामिएको पहिलो उदाहरण बन्ने रुछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

कमिसनको लोभमा जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

बिशेष