कर्मचारी सरुवाको बिषयलाई लिएर सचिव र ट्रेड युनियनकर्मीबीच चर्काचर्की

कर्मचारी सरुवाको बिषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयमा चर्काचर्की परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले छानी छानी आफ्ना पार्टी निकटका कर्मचारीहरुलाई आकर्षक र कमाउ कार्यालयमा मात्र खटाएको भन्दै सत्तामा सामेल दल नेपाली काँग्रेसकै भातृसंगठन कर्मचारी युनियनका केही पदाधिकारी कार्यालय खुले लगतै सचिवको कार्यकक्षमा दवाव दिन पुगेका थिए ।

बिज्ञापन

 

बिज्ञापन

सचिवले आफ्नो पार्टी निकटका कर्मचारीलाई मात्र च्यापेर आकर्षक र कमाउ कार्यालयमा सरुवा गरेको भन्दै ट्रेड युनियनकर्मीहरुले एकाबिहानै सचिवको कार्यकक्षमा पुगेर सरुवाप्रति असन्तृष्टि पोखेका हुन ।

अहिले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता छन्,त्यहाँ एमाले निकटकै सचिव भरतमणि सुवेदीलाई ल्याइएको छ । वर्तमान टिमले मन्त्रालय कमाण्ड गरेसँगै कर्मचारी सरुवामा झनै भद्रगोल बन्न पुगेको छ । एमाले र काँग्रेसको सरकार भए पनि कतिपय काँग्रेसले सम्हालेको स्थानीय तहलाई पेलिएको छ । यस्तै अर्थ,मालपोत,भन्सार,कर लगायतका आकर्षक कार्यालयमा एमाले निकटकै कर्मचारी छानी छानी खटाइएसँगै सचिवसँग चर्काचर्की परेको हो । सोही बिषयमा काँग्रेस निकट कर्मचारी युनियनका पदाधिकारीहरु सचिवको कार्यकक्षमै पुगेर सचिवसँग झगडा गरेका हुन ।

बिज्ञापन

ट्रेड युनियनका पदाधिकारीहरु सचिवसँग तँ- तँ र म- म शैलीको प्रस्तुत भएका थिए । उनी सचिवमाथि आक्रामक ढंगबाट प्रस्तुत हुन थालेपछि घटना मिलाउन प्रहरीलाई गुहार्नु परेको थियो ।  अहिले नीहरुबीचको दन्तबझान साम्य पार्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष