पहिरोमा पुरिएर नेपाली सेनाका कर्णेल केसीको निधन

सिन्धुपाल्चोक। पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो ।
सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए ।रिसोर्टमा सुतिरहेको बेला शनिबार रिसोर्ट माथिबाट पहिरो खसेको थियो।कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए।त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको थियो । केसी केही समयअघि मात्रै कर्णेलमा बढुवा भएका थिए ।

केसी शान्ति मिसनका लागि सिरिया जान छनोट भएका थिए। शान्ति मिसनमा जाने भएकैले उनले बढुवाको दर्ज्यानी चिन्ह पनि लगाएका थिएनन्। शान्ति मिसनमा छनोट हुँदाकै तहमा रहेर जानुपर्ने भएकाले मिसनमा छानिएका सैनिकहरूले माथिल्लो तहको दर्ज्यानी चिन्ह तत्काल लगाउँदैनन्। सिरिया मिसनका लागि उनी काभ्रेको पाँचखालमा तालिमरत रहेको सैनिक स्रोतले जानकारी दिएको छ। उनी पनि मिसनमा छनोट भइसकेपछि बढुवा भएका थिए।

बिज्ञापन

अहिले कर्णेल केसी र कोरियन चढेको गाडीका चालकको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। शव पोस्टमार्टमका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा ल्याउने तयारी गरिएको छ। सिन्धुपाल्चोकका अन्य ठाउँमा पनि शनिबार पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सरकार बनेको तीन सातामै पाँच कर्मचारीले दिए राजीनामा

घुस वापतको ४ करोड २२ लाख रकम नासुको खातामा

ब्राउन सुगरसहित ५ जना पक्राउ

६४ करोडको ठेक्कामा ४ करोड घुस, दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ट्रेड युनियन विघटन निर्णयविरुद्ध अन्तर्राष्ट्रिय ट्रेड युनियनको आपत्ति, बालेनलाई निर्णय फिर्ता लिन माग

सामान्यले सेटिङमा सरुवा गरेको भन्दै शाखा अधिकृतले दिए सरकारी सेवाबाट राजीनामा

तीन दर्जन नासुहरुको सरुवा सूची निस्कदै

बिशेष