यी हुन् मन्त्रीपरिषदका निर्णयहरू

काठमाडौं । सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

बिज्ञापन

उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो । बैठकले दुईतीन दिन लगातार परिरहेको भारी बर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको छ । सरकारले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै क्षतिपूर्ति दिने समेत निर्णय गरेका छौं । भारी बर्षामा परेका परीक्षाहरु समेत स्थगित गरिएका छन् । यस्तै घाइतेहरु निशुल्क उपचार त गर्ने गरेका छौं तरसबै घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेका छौं । तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरु खोल्ने निर्णय समेत गरेका छौं ।’

बिज्ञापन

साथै तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने समेत निर्णय भएको छ । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए । मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बुटवलमा रोयल एनफिल्डको नयाँ बाईक स्क्यार्म ४४० को ‘लन्च’

दरबन्दी लुकाउने सामान्य प्रशासनलाई अदालतको झड्का,रोकियो उपसचिव र सहसचिवको विज्ञापन

कृषकका सन्तानले धान्दैछन्,निजामती

छ उपसचिवहरूको सरुवा

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

बिशेष