खानी तथा भूगर्म विभागले चुनढुङगा उत्खनन् गर्दा प्रचलित नियम अनुसार नै भएको जनाएको छ । केही सञ्चार माध्यमहरुको चुनढुङगा उत्खनन गर्दा करोडौँ राजश्व छली भन्ने समाचारप्रति विभागलृ आपत्ति जनाउँदै प्रचलित नियम कानुन अनुसारै उत्खनन भइरहेको जनाएको छ ।
बिज्ञापन
विभागबाट जारी उत्खनन् अनुमति पत्र रोल्पा चुनढुङ्गा खानी प्रा लिसँग सम्बन्धित पत्र संख्या ०७८/ ७९- २११० चलानी नम्बर ४३१६ मिति २०७८ चैत्र २४ को पत्रमा विभागीय फिल्ड अनुगमन भई कारवाही हुँदा सो क्षेत्रमा निरिक्षण गर्दा खानी क्षेत्रमा उत्खनन् नगरी बाटो खन्ने क्रममा उत्खनन् गरेको साथै मिति २०७८ साल भदौं ४ मा पेश गरेको स्पष्टीकरण समेतको आधारमा विभागमा विचाराधिन रहेको ९० हजार १७ दशमलव ५२ मे टन चुनढुङ्गाको रोयल्टी रकमका सम्वन्धमा विभागीय कारवाही भई प्राप्त कागजात प्रतिवेदन एवं विद्यमान कानुन समेतको आधारमा उक्त चुनढुङ्गा र सो को रोयल्टी वापतको रकम जफत गरि सो रकम विभागको राजश्व खातामा मिलान गरिएको बिषयलाई उठाएइको प्रति विभागले आपत्ति जनाएको छ ।
बिज्ञापन
साथै विभागको मिति २०७८ साल असोज १९ को विभागीय निर्णय बमोजिम बाटो खन्ने क्रममा निस्किएको चुनढूङ्गा यथास्थितिमा सुरक्षित साथ राख्नुहुन निर्देशन दिइएको बताइएको छ । त्यस प्रा लिको संलग्न विवरण कागजातको आधारमा उत्खनन् गरेको भनि झुठा विवरण सहित राजश्व दाखिला भएकोले र प्राप्त स्पष्टिकरण समेत चित्त बुझ्दो नभएकोले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ (४)० बमोजिम रु एक लाख जरिवाना गरिएको छ। उक्त जरिवाना रकम दाखिला पश्चात खानी संचालन सहमती प्रकृया अगाडि वढाइने व्यहोरा मिति २०७८।१२।२४ गतेको विभागीय निर्णयानुसार सूचित गरिन्छ भन्ने समेत व्यहोरा रहेकोमा पत्रको व्यहोरा तोडमोड गरी सरकारी कागजात किर्ते भएको र सोही किर्ते कागजातका आधारमा समाचार संप्रेषण भएकोले त्यस्तो कार्य अत्यन्त दुःखद र निन्दनीय भएको विभागले जनाएको छ ।