बढूवा रोक्न सहकर्मीबाटै बदमासी

कर्मचारीलाई बढुवाका मुखैमा आफ्नै सहकर्मीहरु लागेर कसरी सिद्धाउन खोजिन्छ ? उदाहरण खोज्न टाढा जानै पर्दैन,सहसचिव डण्डु घिमिरे काफी छन् ।
यस अघि रुद्रमान सिंह तमाङ्गमाथि अख्तियार लाग्यो । उनले क्लिन चिट पाइसकेका छन् । पर्यटनका सहसचिव बुद्धि लामिछानेमाथि बढुवाको मुखैमा अख्तियार लागेर निलम्बित छन् । यही समयमा अर्काे इमान्दार सहसचिवमाथि अकुतको मुद्धामा मुछेर बदनाम प्रयास भइरहेको छ । यसरी बदनामीमा मुछ्ने काम भइरहेको हो, बरिष्ठ सहसचिव घिमिरेलाई ।

बिज्ञापन

उनी केही समय एकनारायण अर्यालसँग सँगै बसेर काम गरे,अर्याल श्रमबाट गृह हुँदै मुख्यसचिव बने । एकनारायणकै टिममा रहेका डण्डु अहिले सो टिममा छैनन् । उनी श्रममै छुटेका छन् । तीन बर्षदेखि श्रममै छन् । घिमिरे अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिवको जिम्मेवारीमा छन् । केही अगाडिमात्र उनलाई वैदेशिक रोजगार विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानिएको हो । उनै घिमिरेलाई सचिव बन्नबाट रोक्न एउटा खेमा हात धोएर लागेको छ । र बदनाम गराउने केही बिषयबस्तु नपाएर अकुत आर्जनको मुद्धामा उनलाई डाम्न खोजिदैंछ । बढुवाका मुखैमा रहेका केही सहकर्मी कर्मचारीहरु उनलाई बदनाम गराउन,सचिव हुन रोक्ने उदेश्यले अख्तियार पुगेका छन् ।

बिज्ञापन

दोलखाको एउटा सामान्य कृषक परिवारमा जन्मिएका घिमिरेले पछिल्लो केही बर्षमा राम्रै आम्दानी गरेका भन्दै उनलाई पोलेर खुइल्याउने प्रयास हुँदैछ । जानकारहरुका अनुसार,घिमिरे पत्नी ठूलो एनजिओकर्मी र चल्तीको कन्सलटेन्ट हुन ।  घिमिरे पत्नी नाइसर नामक कन्सल्टेन्सी एवं रिसर्च फर्म चलाउँदै आएकी छिन् ।उनको बार्षिक आम्दानी नै २ करोड माथि हुने गरेको  निकटस्थहरु बताउँछन् ।

सोही तलबबाट काठमाडौंमा घरजग्गा जोडिएको बिषयलाई लिएर सचिव बढुवाको मुखमा उनको बदनामी प्रयास भइरहेको बताइन्छ । अहिले सचिव बन्ने मुखैमा यो उजुरी हाल्नुको पछाडि उनलाई सचिव बढूवा हुनबाट रोक्ने उदेश्यमात्र रहेको घिमिरेलाई नजिकबाट चिन्ने र जान्ने प्रशासकहरु बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:- सचिवदेखि निर्देशकसम्म भ्रष्टाचारको जालो

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

बिशेष