हराएका २४ प्रहरी खोज्दै हेर्डक्वार्टर

प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न क्षेत्रमा कार्यरत २४ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको भन्दै तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ । कार्यालयले सम्पर्कमा नरहेका २४ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
विहिबार प्रधान कार्यालयले एक सूचना जारी गर्दे आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

बिज्ञापन

प्रहरी महानिरीक्षकको सचिवालय, अन्तर्गतको कानुन शाखाले आज सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको जनाएको छ ।

बिज्ञापन

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन भनेको छ । सूचनामा उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

बिज्ञापन

स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

बिशेष