धितोपत्र वोर्ड अध्यक्ष नियुक्तिका लागि तीन उमेद्धारलाई अन्तर्वार्तामा बोलाइयो

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पूरानै प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिका लागि यस अघि सर्ट लिष्टमा परेका तीन उमेद्धारहरुलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो ।

बिज्ञापन

यस अघि अध्यक्षका लागि आवेदन दिएर अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिमा नआएका तीन जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका दुई उम्मेदवारहरू मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको अन्तर्वार्ता र प्रस्तुतीकरण भने यसअघि नै भइसकेको छ ।

बिज्ञापन

धितोपत्र बोर्ड ऐनले अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । धितोपत्र सम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन व्यक्तिको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । दुईले मात्रै कार्यप्रस्तुति तथा अन्तर्वार्ता दिएपछि समितिलाई तीन जना सिफारिस गर्न नसक्ने स्थिति निम्तियो । सिफारिस प्रक्रियामा कानुनी सङ्कट आएपछि महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको थियो । महान्यायाधिवक्ता कार्यालयले तीन जनाको नाम सिफारिस गर्नैपर्ने राय दिएपछि तत्कालीन सरकारले माघ ४ गते गठित समिति विघटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थसचिव र विज्ञ सदस्यको रूपमा उदय निरौलालाई नै छनौट गरेर समितिको पुनर्गठन गरेको थियो ।

बिज्ञापन

समितिले अध्यक्ष नियुक्तिका लागि यस अघि संक्षिप्त सूचीमा समावेश भएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई अन्तरवार्ताका साथसाथै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लागि समेत बोलाइएको छ । यस्तो प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते अर्थ मन्त्रालयमा हुने समितिले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बोर्डको अध्यक्ष रहेका रमेश हमालको कार्यकाल गत पुस २० गते रिक्त छ । वोर्ड अध्यक्ष हुनका लागि चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, गोपालप्रसाद भट्ट, नीरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रवीण पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, बीमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की रहेका थिए ।तीमध्येबाट पाँच जना सर्ट लिष्टमा छानिएकोमा तीन जना उमेद्धार अन्तर्वार्ता तथा प्रस्तुतीकरण प्रक्रियामा सहभागी नभएसँगै यो प्रक्रिया लामो समयदेखि लम्बिदै आएको छ ।

वोर्ड अध्यक्षमा आफ्नो मान्छे लैजानका लागि दुई ठूला व्यवसायिक घरानाको आफ्नै उमेद्धार खडा हुँदा समस्या आइरहेको स्थिति छ भनिन्छ ।

अहिले सेयर लगानीकर्ताको हित संरक्षण गर्ने जिम्मा अर्थमन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश बराललाई दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

‘सामान्य प्रशासन मन्त्रालयको काम कर्मचारी सरुवा बढुवा मात्र गर्ने होइन’

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

बिशेष