लोकसेवाले खोलेका दुई दर्जन विज्ञापनमा आवेदन शून्य

लोकसेवा अयाोगले गत बर्ष खुलाएका दुई दर्जन विज्ञापनमा आवेदन नै नपरेको भेटिएको छ । आयोगका अनुसार, गत आर्थिक वर्षमा लोक सेवा आयोगले खुलाएका १ हजार ४ सय ५५ विज्ञापनमध्ये २४ वटा विज्ञापनमा कुनै आवेदन नपरेको हो ।

बिज्ञापन

आयोगका अनुसार,नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै नपरेको हो । नेपाल इन्जिनियरिङ सर्भे, सेवा समूहका ६ वटा विज्ञापन नेपाल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र निर्माण उपकरण सम्भार गरी तीन जनाको दर्खास्त माग गरिएकोमा ती विज्ञापनमा कुनै आवेदन नपरेको आयोगले जनाएको छ ।

बिज्ञापन

यस्तै आयोगले नेफ्रोलोजी सेवाअन्तर्गत प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिस्ट ११औँ तहका लागि २ जनाका लागि दरखास्त खुलाएको थियो तर सो विज्ञापनमा समेत कुनै आवेदन परेन । त्यस्तै, अप्थल्मोलोजी सेवाको ११औँ तहको प्रमुख कन्सल्टेन्ट अप्थल्मोलोजिस्टमा पनि आवेदन परेन ।

नवौँ तहका मेडिसिन नेफ्रोलोजी सेवाको सन्सल्टेन्ट नेफ्रोलोजिस्ट, मेडिसिन न्युरोलोजी सेवाको कन्सल्टेन्ट न्युरोलोजिस्ट, कार्डियोलोजी सेवाको कन्सल्टेन्ट कार्डियोलोजिस्ट, ट्रपिकल मेडिसिन सेवाको ट्रपिकल मेडिसिन, चेस्ट डिजिजेज समूहको चेस्ट डिजिज, मेडिकल अंकोलोजी सेवाको मेडिकल अंकोलोजिस्ट, फरेन्सिक समूहको फरेन्सिक मेडिकल अधिकृत, कार्डियोथोरासिक सर्जरी समूहको कार्डियोथोरासिक सर्जन, बर्न प्लास्टिक सर्जरी समूहको प्लास्टिक सर्जन, किड्नी ट्रान्सप्लान्ट सर्जरी समूहको किड्नी ट्रान्सप्लान्ट सर्जन, पेडियाट्रिक्स निओनेटोलोजी समूहको निओनेटोलोजिस्ट र जनरल ल्याब टेक्नोलोजी समूहको उपप्रमुख ल्याव टेक्नोलोजिस्ट पदमा कुनै आवेदन नपरेको आयोगले जनाएको छ।
यी विज्ञापनमा अहिलेमात्र होइन २०७७/ ७८ मा समेत ७७ पदमा, ०७६/७७ मा २८ वटा विज्ञापनका विभिन्न पदमा र आर्थिक वर्ष २०७५/ ७६ मा प्रकाशित निजामती सेवातर्फका १७४ स्थानीय तहका ११ वटा पदमा दरखास्त नपरेको  आयोगले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष