पोखरा महानगरपालिका १३ को वडा कार्यालयको कार्यकक्षमा २ लाख नगदसहितको झोला भेटिएको छ ।
बिज्ञापन
आइतबार साँझ ५ बजे कोठा नम्बर १ अर्थात वडासचिव अन्जु गुरुङको कार्यकक्षको सोफामा बेवारिसे भेटिएको हो। झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत फेला परेको छ । झोला कसको हो ? किन छोडेको हो ? नखुलेको प्रहरीले जनाएको छ । उक्त झोला वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।
बिज्ञापन
प्रहरीले उक्त नगद र जिन्सी सामानसहितको झोला छोड्ने व्यक्तिले प्रमाणित हुने कागजातसहित सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























