भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ ।

बिज्ञापन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।

बिज्ञापन

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ ।

अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए । स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रकृया अघि बढाउने बताए ।

बिज्ञापन

बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो । २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिव ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

प्रमुख दलका निवास केन्द्रित युवाहरुको आन्दोलन

कृषिमन्त्री अधिकारीले दिए राजीनामा,अन्य तीन मन्त्रीले राजीनामा दिने बारे छलफलमा

सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी

उपत्यका प्रहरीको नेतृत्व कार्कीलाई,सिडियोलाई निलम्बन गरेर कारवाही गर्ने तयारी

काङ्ग्रेसलाई उपमहासचिव भण्डारीको चेतावनी: समयमै सरकार छोड्नुहोस्, नभए कार्यकर्ता छाड्छन्

बिशेष