७१ उपसचिवसहित एकैपटक १२ सय ५४ कर्मचारीको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक विभिन्न निकायमा कार्यरत १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहितका कर्मचारीको सरुवा गरेको हो । केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ ।

बिज्ञापन

सरुवा हुनेहरुमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), २८० जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारी रहेका छन् ।

बिज्ञापन

उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ ।निजामती सेवा ऐन, २०४९मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ ।

final 1_2_3_4_merged

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

बिशेष