अर्थबाट मरासिनीका दाजुभाई आउट

अर्थ मन्त्रालयबाट सचिव मधु मरासिनीको दाजुभाई नै आउट भएका छन् । लामो समयदेखि अर्थ मन्त्रालयमा बस्दै आएका सचिव मधु र भाइ शम्भु अन्तत अर्थबाट आउट भएका हुन ।

बिज्ञापन

सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको गर्दा भाइ शम्भु पनि अर्थबाट बाहिरिएका हुन । मन्त्रिपरिषदको बिहिबार ९भदौ २७ गते० बसेको बैठकले ४० जना सहसचिवहरुको सरुवा गर्दा शम्भु अर्थबाट बाहिरिएर उर्जामा पुगेका हुन ।

बिज्ञापन

उनी अर्थ मन्त्रालय भन्सार जाँचपास परिक्षण कार्यालयका प्रमुखको जिम्मेवारीमा थिए । शम्भुले अर्थ मन्त्रालय मातहतका मध्यमस्तरीय करदाता सेवा कार्यालय,भन्सार विभाग,महालेखा नियन्त्रकको कार्यालय लगायतका अर्थ माहतका शक्तिशाली निकायमा बसेर काम गरिसकेका छन् ।

यस अघि उनका दाजु मधु अर्थबाट बाहिरिएर उपराष्ट्रपति कार्यालय हुँदै योजना आयोगमा सिफ्ट भइसकेका छन ।
मुख्यसचिव बैकुण्ठ अर्यालको छत्रछायाँ रहुन्जेल मधु सदैव शक्तिशाली निकायमा कार्यरत रहे । निजामतीभित्र अवसरमासिथ अवसरको खात पाउने प्रशासकमा गनिन्छन्,मधु । जसले १३ बर्ष समय वैदेशिक अध्ययन तथा विदेशमै बिताएका छन् ।

बिज्ञापन

भ्रष्टाचार मुद्धा लागेर निलम्बन भइ क्लिन चिट नपाउँदै मुख्यसचिव बैकुण्ठ अर्यालको कृपाबाट अर्थमै फर्किन सफल प्रशासक हुन उनी । जागिरे जीवनमा मधुले कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नु परेन ।

हुलाकमा हुँदै विदेश पढ्न गए, एडिवीको जागिर खान भ्याए । अर्थकै वैदेशिक महाशाखामा बसेर काम गरे । न्यूयोर्कस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूतकारुपमा काम गरे । महालेखा नियन्त्रक चलाए । उनी अर्थ सचिवको कुर्सीमा पुग्दा भाई शम्भुलाई अर्थमा भित्र्याएका हुन । शम्भुले त्रिभुवन भन्सार कार्यालय, मझौला करदाता कार्यालय, महालेखा नियन्त्रक हुँदै भन्सार जाँचपास कार्यालयमा थिए ।

जसरी मधु अर्थबाट आउट भए उसैगरी अहिले शम्भु पनि अर्थबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बिशेष