नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । प्रहरी मुख्यालयले एक सूचना जारी गरी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा विज्ञापन खुलाएको हो ।

बिज्ञापन

विज्ञापन अनुसार प्रहरी निरीक्षकका लागि ६४ र प्रहरी सहायक निरीक्षक २५६ जना माग गरेको हो । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने उदेश्यसहित विज्ञापन खुलाएको हो ।

बिज्ञापन

आज एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना नियुक्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ ।

बिज्ञापन

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने दुई पदका लागि भदौ ३० गतेदेखि असोज ३० गतेभित्र आवेदन दिन सकिनेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारहरुले अनलाइनमार्फत फारम भरेर तोकिएको स्थानमा बुझाउन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष