पत्रकारिताबाट निजामतीमा सिफ्ट भएका दिलिप,उत्कृष्ट कर्मचारी घोषित

१५ बर्षसम्म पत्रकारितामा सक्रिय रहेका दिलिप सिंह, त्यहाँबाट सिफ्ट भए निजामती सेवामा । जहाँ र जे कर्म गर्दछन्,मनैदेखि कर्म गर्ने स्वभावका उनै सिंह कार्यालयका अब्बल कर्मचारीका रुपमा सम्मानित भएका छन् ।

बिज्ञापन

निजामती सेवा दिवसका अवसरमा सिंहलाई गृह मन्त्रालय मातहतको अध्यागमन कार्यालयले अब्बल कर्मचारीका रुपमा नगद सहित सम्मान गरेको हो ।

बिज्ञापन

सिरहाको लहान निवासी सिंह पत्रकारितामा सक्रिय रहँदा सिंहझैं थिए । विकृती,भ्रष्टाचारका विरुद्ध उनको कलमले जेहाद छेड्दथ्यो । सिरहालाई कर्मभूमि बनाएर पत्रकारिता गर्दा उनको कलमबाट भ्रष्टहरु तर्सन्थें । २०५९ सालदेखि ०७४ सालसम्म १५ वर्ष उनी सक्रिय पत्रकारितामा रमाए । नयाँ पत्रिकामा सिरहाबाट उनले खोजमुलक समाचार र आलेखहरुले प्रशासन ,राजनीतिक वृत्तमा हलचल ल्याउथ्यो । यही तिखो कलमका कारण भ्रष्टाचार विरुद्ध युवा कृयाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका उनी मानव अधिकार संरक्षणका लागि लहानमा दुई पटक सम्मानित भइसकेका थिए,पत्रकारितामै रहँदा । यस्का अलवा शान्ति सुरक्षा कायम राख्न उनको लेखाईबाट मद्दत पुगेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले सिंहलाई पटक पटक सम्मान र पुरस्कृत गरेको थियो ।
अखबारी लेखनमा मात्र होइन दिलिपलाई रेडियो समग्र एफएमको स्थापना र सञ्चालनमा विशेष योगदान गर्ने व्यक्तिको रुपमा चिनिन्छन्,सिरहामा ।

उनै सिंह पत्रकारिताका तिनै अनुभवलाई समेटेर निजामतीतिर सिफ्ट भए । पत्रकारितामा रहँदा प्रशासकहरुले सेवाग्राहीमाथि गर्ने दुर्वचन,दुर्व्यवहार,आफूलाई राजा ठान्ने प्रवृत्ति उनले नजिकबाट देखे,हेरे र भोगे पनि । यस्तै अनुभव बटुल्दा बटुल्दै सिंह ०७४ फागुन १८ गते लोक सेवा पार गरेर कम्प्यूटर अपरेटरका रुपमा सरकारी सेवामा पाइला राखे । त्यस यता उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

बिज्ञापन

निजामतीमा प्रवेश गरेको सात बर्ष पूरा हुँदैछ । जिल्ला प्रशासन कार्यालय वैतडीमा एक वर्ष बिताएर उनी गृह मन्त्रालय मातहतको अध्यागमन विभागमा खटायो । कहिले त्यहाँबाट तानेर विपद् प्राधिकरणतिर खटाइयो । अहिले उनी त्रिविवि अध्यागमनलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका छन् ।
त्रिवि अध्यागमन यस्तो कार्यालय हो कि,यहाँको सेवा प्रवाहकै कारण सेवाग्राही र सर्वसाधारणले कहिल्यै यो कार्यालयलाई सकरात्मक नजरले हेर्दैनन् । अनेक कारण बदनामी कमाएको कार्यालयमा पर्दछ यो । यही कार्यायमा कार्यरत रहेका, दायाँबायाँ नगर्ने,सेवाग्राहीको कामलाई पहिलो प्रथामिकतामा राखेर कार्यसम्पादन गर्दै आएका कर्मचारी हुन सिंह । उनै सिंहको कार्यलाई कार्यालयले कदर गरेको छ ।

जनताको सेवालाई पहिलो प्रथामिकता राखेर काम गरिरहेका सिंहको मूल मन्त्र नै सेवाग्राहीलाई किञ्चित विलम्व नगरी सहज र सरल ढंगबाट कार्य सम्पादन गर्नु हो । हरेक क्षणको हरेक कार्यले देश र जनता समक्ष उन्नतिमुलक परिणाम निस्कनुपर्छ भन्ने धारणा राख्दै आएका सिंहको कार्य कुशलता , लगनशिलता र इमान्दारिताको कदर गर्दै त्रिभुवन विमास्थल अध्यागमन कार्यालयले २२ भदौं अर्थात निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कर्मचारी घोषणा गरेर नगद ५ हजार पुरस्कारसहित सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यका रैथाने कर्मचारीलाई चलाउने हिम्मत गरेन, दृष्टिविहीन उपसचिवलाई पठायो स्थानीय तह

परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

आत्मचेतनाद्वारा जीवनको नैतिक रूपान्तरण

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

१७ सहसचिव,१३ उपसचिवको सरुवा

महिला कर्मचारीको टिम बनाउँदै मन्त्री

अब प्रदेशमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार भत्ता

दुई सातामै फेरिए सिडियो,चितवनमा अर्याल, तिवारीलाई भोजपुर

बिशेष