कर्मचारीलाई हिरासतमा राखिनु दुःखद : सिबिफिन

धितो तथा कर्जा प्रवाहको बिषयलाई आफ्ना एक पछि अर्काे कर्मचारीले पक्राउ गर्न थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ति जनाएको छ । धितो तथा कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै बैंकरलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनु गलत भएको सिबिफिनले जनाएको हो । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेसाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघले आपत्ति जनाएको हो ।
हालैमात्र तत्कालीन सेञ्चुरी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, प्रभु बैंकका डेपुटी सीईओ सहित १० जना बैंकरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि सिबिफिनले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

बिज्ञापन

“बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ । व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने वा उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ,” विज्ञप्तिमा भनिएको छ ।
‘यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तराष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत सरोकारवाला सबैंको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

बिशेष