सरकारले तीन देशका लागि महावाणिज्यदूत नियुक्त भएका छन् । चीनका ल्हासा र ग्वान्जाउ र भारतको कोलकाताका लागि माहावाणिज्यदूत नियुक्त गरिएको हो ।
बिज्ञापन
गत महिना सरकारले ५९ वना सहसचिवहरुको सरुवा गर्दा तीन सहसचिवलाई परराष्ट्र मन्त्रालयमा खटाएको थियो । जसमा महावाणिज्यदूत नियुक्त गर्ने गरी सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला परराष्ट्रमा सरुवा भएका थिए ।
बिज्ञापन
गृहका प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्य,लक्ष्मी प्रसाद निरौला र विन्देश्वर प्रसाद लेखकलाई महावाणिज्यदूत नियुक्ति गर्ने गरी परराष्ट्र मन्त्रालयमा लगिएको थियो ।
कोलकातामा सहसचिव आचार्य, ग्वान्जाउमा भरत खनाल र ल्हासामा लक्ष्मीप्रसाद निरौला नियुक्त भएका हुन् ।पूर्ववर्ती सरकारले यी निकायमा अर्जुन भण्डारी,नवराज ढुङ्गना,नारायण भट्टहरुलाई पठाउने तयारी गरेको थियो तर सरकार परिवर्तन हुँदा उनीहरु महावाणिज्यदूत बन्न पाएनन् । अर्जुन र नवराजलाई प्रदेशतिर खटाइएको छ भने भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा खटेका छन् ।
बिज्ञापन
महावाणिज्य दूतहरूको कार्यकाल ४ वर्षको हुन्छ।