सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको सन्दर्भ उठाउँदै आपत्तिजनक अभिव्यक्ति दिनुभएको हो ।
बिज्ञापन
मन्त्री गुरुङले संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही सेक्टरका मानिसहरु धेरै भएको दाबी गर्दै प्रहरी प्रमुखलाई सम्बोधन गर्दै भन्नु भयो, “अस्ति प्रहरीको आईजीपीले के भन्यो? म लागू नै गर्दिनँ हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि ।”
बिज्ञापन
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवा गर्नुभएको छ । ‘हाम्रो सरकार के कारणले ढल्छ रु निश्चित उदेश्य तय गरेर दुई ठूला दलबीच सत्ता सहकार्य भएको छ । सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन । त्यसैले सरकार ढल्ने कुरै छैन,’ पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।
उहाँले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्ने बेलासम्म कसैको केही नलाग्ने र केही नहुने प्रष्ट पार्नुभयो । उनीहरूबीच नै फाटो आउनसक्छ कि ? भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने बताउनु भयो । अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ को चुनावसम्म कायमै रहने बताउनुभयो ।