आयल निगमका करारका दुई कर्मचारीबीच विवाद,बेल्चाले टाउकोमा हानेर बर्माको हत्या

धनुषाको महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोमा कार्यरत एक जना कर्मचारीको हत्या भएको छ ।

बिज्ञापन

शुक्रबार बिहान १० बजे डिपोमा कार्यरत कर्मचारी सिरहा नगरपालिका ३ का ४० वर्षीय राकेशकुमार बर्मा र धनुषाको धनुषाधाम नगरपालिका ४ का ३५ वर्षीय प्रकाश यादवबीच विवादको क्रममा यादवले बेल्चाले टाउकोमा प्रहार गर्दा बर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी निरञ्जन अबाले जानकारी दिए । बेल्चा प्रहार गर्ने यादवलाई इलाका प्रहरी कार्यालय, महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

बर्मा र यादव दुवै आयल निगमका करारका कर्मचारी हुन् । करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवाद हुँदा बर्मामाथि कुटपिट भएको हो । बर्मा ४ वर्षदेखि उक्त डीपोमा करारमा कार्यरत थिए ।

बर्माको शव पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

बिशेष