भ्रष्टाचार मुद्धामा अधिकृत र नासु दोषी ठहर

विशेष अदालतले भ्रष्टाचार मुद्धामा मालपोतका अधिकृत र नासु दोषी ठहर गरेको छ । ऐलानी जग्गामा बनेको घर पास गरिदिने पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईलाई विशेषले दोषी ठहर गरेको हो । उनीहरुले पर्साको साबिक अलौ गाविस ५ को किनं ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी विक्री गरेको अभियोगसहित गत वैशाख १९ गते अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

बिज्ञापन

ऐलानी सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई ऐलानी/सार्वजनिक जग्गा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यबाट नेपाल सरकारलाई हानी पु¥याएको अभियोगमा अधिकृत र नासुका अलवा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

बिज्ञापन

विशेषको बुधबारको इजलाशले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र नायव सुब्बा लेखनाथ भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएको हो । विशेषले ज्याउल हक र एसानुल हक राकीलाई पनि दोषी ठहर गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

बिशेष