शहरीमा मनपरी, अवकाशको मुखैमा सहसचिवको सरुवा

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका आधा दर्जन सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । बरिष्ठ सहसचिवलाई पाखा लगाउँदै यस पटक पनि सहरी विकास तथा भवन निर्माण विकासको महानिर्देशकको कुर्सीमा मचाकाजी महर्जन पुगेका छन् । त्यहाँ कार्यरत रहेका कुमार घिमिरेलाई बाग्मती सभ्यतामा खटाएर महर्जनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । विभागमा उनीभन्दा बरिष्ठ ८ जना सहसचिव हुँदाहुँदै उनलाई भवन विभागको महानिर्देशक बनाइएको छ । बरिष्ठ सहसचिव कुमार घिमिरे आगामी माघमा अनिवार्य अवकाशमा जाँदैछन् । सामान्यतया ६ महिना जागिर अवधि बाँकी भएका विभागीय वा कार्यालय प्रमुखलाई हटाउन मिल्दैन । तर पनि अवकाशको मुखमा रहेका सहसचिवलाई विभागबाट सरुवा गरिएको छ ।

बिज्ञापन

अर्बौको ठेक्कापट्टा चलाउन पाइने उक्त निकायमा जुनियर सहसचिवलाई टिपेर लगिएको हो । यस अघिका हाकिम सुरेन्द्र श्रेष्ठ  अनिवार्य अवकाशमा गएसँगै कुमार घिमिरेलाई त्यहाँ लगिएको थियो । यसअगाडि नै महानिर्देशक चलाएर बाहिरिएका पदमकुमार मैनाली, अहिले मन्त्रालयमा छन् । यस्तै रामचन्द्र दंगाल, नवराज प्याकुरेल र चक्रवर्ती कण्ठहरू प्रवल दावेदार हुन् । तर मन्त्रीले नेवारी समुदायकै सहसचिवलाई खोजेर विभागमा पुर्याएका हुन । महर्जन काठमाडौका रैथाने हुन । मन्त्री श्रेष्ठको घर काठमाडौं क्षेत्रपाटीमा छ भने महर्जन असन आसपास ।सामान्यतया ६ महिना जागिर अवधि बाँकी भएका विभागीय वा कार्यालय प्रमुखलाई हटाउन मिल्दैन । तर पनि मन्त्री सिंहले अवकाशको मुखमा रहेका सहसचिवलाई विभागबाट सरुवा गरिएको छ । यसरी सरुवा भएका सहसचिवहरुमध्ये एक दुई महिना पछि अर्काे पाँच महिना पछि अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

यस्तै जागिर अवधि दुई महिनामात्र बाँकी रहेका कोषनाथ अधिकारीलाई विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएर शहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशकको समेत जिम्मेवारी थपिएको छ । उनले केन्द्रिय आयोजना कार्यान्वयन इकाई (सीएलपीआइयू)को समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक रवीन्द्र बोहरालाई विभागको उपमहानिर्देशकमा ल्याइएको छ । उनलाई आवास महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै विभागमा उपमहानिर्देशक रहेका प्रकीर्ण तुलाधरलाई विभागमै निरन्तरता दिइएको छ ।

विभागका उपमहानिर्देशक नारायण प्रसाद भण्डारीलाई भवन प्रविधि तालिम केन्द्र पठाइएको छ । यससँगै तालिम केन्द्रका प्रमुख सुरेश ठाकुरलाई विशेष भवनको आयोजना प्रमुख बनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : ओएनएम स्वीकृत,अस्थायी दरबन्दी थप,सरुवादेखि बढुवासम्म

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

बिशेष