शहरीमा मनपरी, अवकाशको मुखैमा सहसचिवको सरुवा

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका आधा दर्जन सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । बरिष्ठ सहसचिवलाई पाखा लगाउँदै यस पटक पनि सहरी विकास तथा भवन निर्माण विकासको महानिर्देशकको कुर्सीमा मचाकाजी महर्जन पुगेका छन् । त्यहाँ कार्यरत रहेका कुमार घिमिरेलाई बाग्मती सभ्यतामा खटाएर महर्जनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । विभागमा उनीभन्दा बरिष्ठ ८ जना सहसचिव हुँदाहुँदै उनलाई भवन विभागको महानिर्देशक बनाइएको छ । बरिष्ठ सहसचिव कुमार घिमिरे आगामी माघमा अनिवार्य अवकाशमा जाँदैछन् । सामान्यतया ६ महिना जागिर अवधि बाँकी भएका विभागीय वा कार्यालय प्रमुखलाई हटाउन मिल्दैन । तर पनि अवकाशको मुखमा रहेका सहसचिवलाई विभागबाट सरुवा गरिएको छ ।

बिज्ञापन

अर्बौको ठेक्कापट्टा चलाउन पाइने उक्त निकायमा जुनियर सहसचिवलाई टिपेर लगिएको हो । यस अघिका हाकिम सुरेन्द्र श्रेष्ठ  अनिवार्य अवकाशमा गएसँगै कुमार घिमिरेलाई त्यहाँ लगिएको थियो । यसअगाडि नै महानिर्देशक चलाएर बाहिरिएका पदमकुमार मैनाली, अहिले मन्त्रालयमा छन् । यस्तै रामचन्द्र दंगाल, नवराज प्याकुरेल र चक्रवर्ती कण्ठहरू प्रवल दावेदार हुन् । तर मन्त्रीले नेवारी समुदायकै सहसचिवलाई खोजेर विभागमा पुर्याएका हुन । महर्जन काठमाडौका रैथाने हुन । मन्त्री श्रेष्ठको घर काठमाडौं क्षेत्रपाटीमा छ भने महर्जन असन आसपास ।सामान्यतया ६ महिना जागिर अवधि बाँकी भएका विभागीय वा कार्यालय प्रमुखलाई हटाउन मिल्दैन । तर पनि मन्त्री सिंहले अवकाशको मुखमा रहेका सहसचिवलाई विभागबाट सरुवा गरिएको छ । यसरी सरुवा भएका सहसचिवहरुमध्ये एक दुई महिना पछि अर्काे पाँच महिना पछि अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

यस्तै जागिर अवधि दुई महिनामात्र बाँकी रहेका कोषनाथ अधिकारीलाई विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएर शहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशकको समेत जिम्मेवारी थपिएको छ । उनले केन्द्रिय आयोजना कार्यान्वयन इकाई (सीएलपीआइयू)को समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक रवीन्द्र बोहरालाई विभागको उपमहानिर्देशकमा ल्याइएको छ । उनलाई आवास महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै विभागमा उपमहानिर्देशक रहेका प्रकीर्ण तुलाधरलाई विभागमै निरन्तरता दिइएको छ ।

विभागका उपमहानिर्देशक नारायण प्रसाद भण्डारीलाई भवन प्रविधि तालिम केन्द्र पठाइएको छ । यससँगै तालिम केन्द्रका प्रमुख सुरेश ठाकुरलाई विशेष भवनको आयोजना प्रमुख बनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष