स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको सहभागिता जरुरी:- मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

बिज्ञापन

सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले तीन सय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्रको सहभागितामा जनशक्ति बढाउने र भएको उपकरणहरुको प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्ने बताए ।

बिज्ञापन

उनले भने, ‘हामीले अहिले स्रोत साधन, जनशक्ति बढाउन सक्ने अवस्थामा छैनौं । उपलब्ध साधन स्रोत र जनशक्तिभित्रबाट प्रभावकारिता बढाउन आवश्यक छ । तीनसय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्र समेतको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउन सक्नुपर्छ । भएको उपकरणहरुको पनि प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्छ ।’

यस्तै, उनले सेवा प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्ने पनि बताए ।

बिज्ञापन

उनले भने, ‘यो क्षेत्रमा लगानी अभिवृद्धि गर्न आवश्यक छ । त्यसको लागि पहलकदमीहरु गरिरहेका छौं । प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्छ । लगानी अभिवृद्धि गर्नका लागि नीतिगत तरिकाले अगाडि बढाउने काम निरन्तर रुपमा गर्ने छौ ।’

यसको साथै उनले नागरिकलाई कसरी प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन सकिन्छ भनेर अवधारणा बनाउने पहिलो काम भएको भन्दै त्यसपछि मात्र आफ्नो कामको सहजीकरण गर्ने बारेमा सोच्नुपर्ने बताए ।

सातै प्रदेशमा प्रत्यारोपण सेवासहितको उपचार हुने परिस्थिती विस्तारै निर्माण गर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

यस्तो बन्दैछ वालेन क्याविनेट,सामान्य प्रशासनमा ढकालको चर्चा

अर्थमन्त्री खनाललाई राष्ट्रियसभामा मनोनित गरिने ‘च्याप्टर क्लोज’

आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा

बिशेष