रवि लामिछाने ठग र भ्रष्टाचारी हुन भन्ने प्रमाणित गर्नसक्छुः ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का निलम्बित महामन्त्री डा।मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिएका हुन् ।

बिज्ञापन

जवाफ लेख्दै उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन् । साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाएका छन् ।उनले लेखेका छन्, ‘रवि लामिछाने तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्नसक्छु । कारवाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ । पार्टीभित्र मात्र सिमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

बिज्ञापन

साथै सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन् । भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ। ‘राहदानी दुरुपयोगमा तपाईंले कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न । सँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेता गणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ । म त छर्लङ्गै छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो,’ उनले भनेका छन ।

सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पारेको उनले आरोप लगाएका छन् । प्रश्न गर्नेलाई कारवाहीको डन्डा चलाउने दुस्साहस गरेको पनि बताएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष