नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट

 

बिज्ञापन

नेपाली सेनाले अधिकृत क्याडेट पदमा २८० जनशक्ति माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी सेनाले शुक्रबार आवेदन माग गरेको हो ।

बिज्ञापन

सेनाले खुलातर्फ सबैभन्दा धेरै १४७ सिटमा आवेदन मागेको छ । त्यस्तै, महिलातर्फ २४, आदिवासीरजनजातितर्फ ३८, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र सैनिक तालिम, कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिटमा विज्ञापन गरिएको छ ।

प्रमाणपत्र तह उत्तीर्णका हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्णको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेकाले अधिकृत क्याडेट पदमा आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

आवेदन सिंगल दस्तुर तिरेर आगामी असोज ५ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दिन सकिनेछ । भर्ना छनोट निर्देशनालय र देशका सात वटै पृतनाबाट आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलिङ पिरियड प्रकरणले संसदीय समितिमा हंगामा,सबै ‘पानी माथिको ओभानो’

राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

इन्जिनियर सुमन योगेश नेतृत्वको भक्तपुर सडक डिभिजनको सक्रियता: पूर्वाधार सुधारदेखि जनगुनासो व्यवस्थासम्म

तक्मा र विभूषण थापेका कर्मचारीले नै खुवाउँदैछन् चक्मा

उमेर हद ६० पुग्दा लाभन्वित हुँदैछन् यी दर्जन सचिव र ३० सहसचिवहरु

५२ संवैधानिक पदाधिकारीको नियुक्ति विवाद: सर्वोच्च अदालतको निर्णय आज आउने

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

बिशेष