सशस्त्रमा जागिर छाड्नेको लर्काे

कार्यालय सहयोगीको आवश्यकतामा हजारौं दरखास्त पर्ने तर त्यही जागिर पनि नपाउने मुलुक यही हो । खाने, बस्ने, लुगाफाटा, औषधोपचारलगायत जिन्दगीका लागि आवश्यक सबै सुविधा उपलब्ध गराई उपसचिवसरह जागिर, विदेश तालिम र तलबभत्ता दिँदा पनि चित्त नबुझेर राजीनामाको लर्को यहीं लाग्ने गर्छ ।

बिज्ञापन

प्रसंग हो, देशको सीमा सुरक्षाका लागि स्थापित सशस्त्र प्रहरी बलको । पदोन्नति भएर एसपी, डिएसपी र इन्स्पेक्टर भएकाहरू अहिले लर्को लागेर बिदेसिँदै छन् । अब छिट्टै त्यसरी देश छाड्नेमा एसपी वीरसिंह साहु, डिएसपीहरु दुर्गेश थापा, किरण पौडेल, सुदर्शन अर्याल, राजनविक्रम कार्की, योगेशचन्द्र बराल, होमनाथ पन्थी र जीवन भट्टराई छन् ।

बिज्ञापन

जम्मा ३७ हजारको संख्यामा रहेको सशस्त्र प्रहरी बलमा वरियता क्रम, जनशक्ति परिचालन, कार्यसम्पादन मूल्यांकन र वृत्ति विकासको अवसर कमजोर देखिएको छ । लामो समयसम्म बढुवा नभएको भन्दै तल्लो पदको दरबन्दी काटेर एसपी, डिएसपी र इन्स्पेक्टरको दरबन्दी थप्दा पनि तिनलाई देशभित्र टिकाउन सकिएको छैन ।

पोहोर साल पनि दरबन्दी थपेर सि सं ३ का सबै डिएसपीलाई एकै लटमा एसपी बनाइयो । एकैपटक उकालिएकाहरू सोही पदबाटै अवकाश हुनुपर्ने अवस्था छ । अहिले एसपी भइयो भनी रमाउनेहरू नै वृत्ति विकासको अवसर नदेखेपछि पाँच वर्ष नबित्दै राजीनामा दिन र वैरागिन थाल्ने अवस्था विद्यमान छ ।

बिज्ञापन

एउटा डिआइजी थप्दा ऊ मातहत रहनेगरी दुई जना एसएसपी, ४ जना एसपी र १० जना डिएसपीको व्यवस्था गर्नुपर्ने हो । क्रमशः पिरामिड शैलीमा संगठनको संरचना निर्माण गर्नेगरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर अहिले यसको ठ्याक्कै उल्टो दरबन्दी नै पोकापन्तरो झुण्डाएजस्तो भएको छ । शुरुमा ८५ जनाजति एसपीको दरबन्दी थियो । अहिले डेढ सयजति पुर्‍याइएको छ । यति धेरै एसपी बनाइएको सशस्त्रमा उनीहरूलाई कमाण्ड गर्नुपर्ने एसएसपीको संख्या भने केही अघि मात्र ८ जना थपेर तीन दर्जन जति मात्र पुर्‍याइएको छ । हाल यस संगठनमा आइजी, ३ जना एआइजी, १६ जना डिआइजी, र ३ दर्जनजति एसएसपीले ३७ हजार फौजको कमाण्डिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष