कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या छिटै समाधान हुने बताएका छन् । मन्त्री अधिकारीले आज पत्रकारसँग भेटघाटका क्रममा कृषि प्राविधिक कर्मचारीको समस्या समाधान हुने बताएका हुन् ।
बिज्ञापन
मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने भए पछि आन्दोलन स्थगन भएको छ। २०७५ सालमा सङ्घीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन । सो पद दर्ता नहुँदा ती सबै कर्मचारीको वृद्धि विकास हुन नसकेकाले उनीहरू ४३ दिन मन्त्रालयको प्रवेशद्वारामा धर्ना बसेका थिए ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























