रसुवाका २१ वर्षीय युवकविरुद्ध विभागले दायर गर्‍यो २६ लाखको मुद्दा

अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध  २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर भएको छ।

बिज्ञापन

विभागले भदौ ३ गते जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।  विभागले  अवैध अमेरिकी डलरसमेत ओसारपसार  कार्य गर्न लागेको अवस्थामा २१ वर्षमा तामाङलाई चीनको सीमा क्षेत्र रसुवागढी नाकाबाट पक्राउ गरेको थियो ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागले जिल्ला अदालत रसुवामा तामाङविरुद्ध २६ लाख ८३ हजार २ सय रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना अनि कैद सजाय माग गर्दै  मुद्दा दायर गरेको हो ।

उनी चीनतर्फ पैदल यात्रामार्फत जाँदै थिए । उनीमाथि शङ्का लागेपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढी टिमुरेबाट सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालय टिमुरेका कर्मचारीले सोधपुछका लागि नियन्त्रणमा लिएका थिए । संयुक्त टोलीले चेकजाँच गर्ने उनको साथबाट अमेरिकी डलर बिस हजार बरामद भएको थियो ।

बिज्ञापन

बयानका क्रममा उनले अरू कसैको नाम नखुलाएपछि उनीविरुद्ध मात्र राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), दफा ४ (१) तथा दफा ५ तथा दफा १२ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट जारी सूचना विपरीतको कसुर हुँदा सोही कसुर गरेको दाबी अभियोग पत्रमा गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

असामान्य परिस्थिति : त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने

काठमाडौंको पछिल्लो अवस्था

गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी, परिवार “शरणार्थी” झैं बस्न बाध्य

संग्रौलाको चेतावनी : संविधान खारेज गर्ने माग राष्ट्रविरोधी षड्यन्त्र

आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने 

अब कसरी बन्छ राष्ट्रिय सरकार ?

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

बिशेष