पुर्व डिआजी खरेलले भ्रष्टचार गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं, २ भदौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बिज्ञापन

पुर्व प्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

बिज्ञापन

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उजुरी दिएका हुन ।

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिसन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वाताको क्रममा  बताएका थिए ।

बिज्ञापन

वास्तविक  सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलको छ ।

गत निर्वाचनमा उनी राष्टिय स्वतन्त्र पार्टीको तर्फवाट बारा-२ मा प्रतिनिधिसभाको उम्मेदवारसमेत थिए । पछि उनले राजिनामा दिएर हिडेका थिए ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

प्रदेशका १४ उपसचिवहरुको सरुवा (सूचीसहित)

‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

पालिकामा निमित प्रमुख प्रशासकीय अधिकृतको म्याद थप्ने तयारी

बिशेष