सवारी सुविधा खोसिएसँगै कतिपय उपसचिव साझा यातायातदेखि राइड सेयरिङमा सिंहदरवार, मन्त्रालय र विभाग आउजाउ गरिरहेका छन् । तर, मन्त्रिपरिषद्कै कतिपय सदस्यले रोजीरोजी आधा दर्जन गाडी कब्जामा राखेका छन् ।
बिज्ञापन
सहसचिवभन्दा तल्लो तहका कर्मचारीले चढ्दै आएका ७४५ वटा चार पाँग्रे गाडी खोसेर पुलमा राखिएकोमा प्रधानमन्त्री र मन्त्रीका सचिवालयका सदस्यहरुले फेरि फेरि गाडी चढिरहेका छन् । केही मन्त्रीहरुले आधा दर्जन सरकारी साधन प्रयोग गरिरहेको पाइएको छ । उसो त यसअघि पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरेले चढ्दै आएको ६५३३ नम्बरको अत्याधुनिक र महँगो गाडीलाई रातो नम्बर पेल्ट ४५३४ कायम गरेर सचिवालयकै सदस्यहरूले चढिरहेको पाइएको छ ।
बिज्ञापन
उता मन्त्री बन्नुअघि सुदन गुरुङ्गले सरकारी तलब–भत्ता र सुविधा नलिने घोषणा गरेकोमा अहिले बीएए ९५१४ नम्बरको स्कोडा, निर्वाचन आयोगबाट खोसिएको बा।२ झ ४४६ नम्बरको टोयोटा ल्याण्डक्रुजरसमेत प्रयोग गर्दै आएका छन् ।
यस्तै, कृषि, वन तथा पर्यावरण मन्त्री– गीता चौधरीले वन मन्त्रालयको नाममा रहेका दुई वटा, कृषि मन्त्रालयको नाममा रहेका दुई वटा र प्रकृति संरक्षण कोषको नाममा रहेका सवारी साधन आफूसँग राखेको विवरण स्रोतले उपलव्ध गराएको छ । प्राप्त विवरण अनुसार,राष्ट्रिय प्रकृति संरक्षण कोषको बा १ झ २९२१ नम्बरको रेनल्ट डस्टर, बागमती प्रदेश ०१–०२८ च २९३७ नम्बरको सवारीसाधनमा झण्डा हालेर गुडाइँदै आएको छ । यस्तै उनको निजी सचिवालयको प्रयोजनका लागि बा १७३८ नम्बरको गाडीसमेत दयानिधि नेपालले चलाउँदै आएको स्रोतले जनाएको छ ।
बिज्ञापन
साविक कृषि मन्त्रालयको बा २ झ ३८६७ अर्थात् इम्बोस्ड नम्बर बा १–०७०६९ र बा २ झ ८२२८ अर्थात् इम्बोस्ड नम्बर बा १–०७०७४ नम्बरका दुईवटा सवारीसाधन पनि मन्त्रीको निम्ति खटाइएको छ । यता वन विभागको १२०९ नम्बरको गाडीसमेत मन्त्रीले प्रयोग गर्दै आएको खुलेको छ । एनटीएनसीको विद्युतीय गाडीसमेत मन्त्रीले प्रयोग गरिरहेको मन्त्रालय स्रोतले दावी गरेको छ । उनले सल्लाहकारदेखि निजी चालकहरूको तलबसमेत प्रकृति संरक्षण कोषबाट खुवाउँदै आएको पाइएको छ ।
गत महिना चौधरी जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रमका लागि बैंकक जाँदा एक हजार अमेरिकी डलर बराबरको रकम कोषबाट खर्च गराइएको छ । अहिले कृषि मन्त्रालयमा वरिष्ठ सल्लाहकार छन्, सरोज बुढाथोकी । उनको चालकमा मीनबहादुर श्रेष्ठ र कार्यालय सहयोगी निसेरा मगर छन् ।
मन्त्रीका सल्लाहकार पोखरा, चितवन, घान्द्रुक, सुनसरी र जनकपुरलगायतका स्थानमा हुने यस्ता भ्रमणको खाना, बसोबास तथा अन्य खर्च प्रकृति कोषबाट व्यहोर्ने गरी मन्त्रालयबाट पत्राचार हुँदै आएको छ । निमित्त सदस्य–सचिव चिरणप्रसाद पोखरेलले सल्लाहकारको भ्रमण व्यवस्थापन गर्दै आएका छन् ।


























