सहसचिव कमल प्रसाद भट्टराई सचिवमा बढुवा भएका छन् । सरकारले सचिव बढुवा सिफारिस समितिद्धारा १ नम्बरमा सिफारिस भएका कमल प्रसाद भट्टराईलाई सचिवमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराइलाई सचिवमा बढुवा गरेको हो । सचिव बढुवाका लागि बरिष्ठ सहसचिवहरु भट्टराईका अलवा इन्दु घिमिरे र श्रीकृष्ण नेपाल प्रतिष्प्रर्धामा रहेका थिए । सो मध्ये पहिलो नम्बरमा सिफारिस भएका भट्टराईलाई सचिवमा बढुवा गर्दै बागमती प्रदेशको प्रमुख सचिवको रुपमा पदस्थापन गरेको हो । उनी हाल ल बाग्मती प्रदेशको कायममुकाय प्रमुख सचिवका रुपमा रहेका छन् ।
बिज्ञापन
भट्टराइले सहसचिव वैदेशिक रोजगार विभाग,सम्पत्ति शुद्धीकरण विभाग हुँदै मधेश प्रदेशको कामू सचिव चलाइसकेका कर्मचारी हुन । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराइलाई सचिवमा बढुवा गरेको हो । उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।


























