समयमा कार्यालय पुग्दैनन् कर्मचारी,१० हजार २६८ माथि कारवाहीको डण्डा बर्सदै

   राष्ट्रिय सतर्कता केन्द्रले ११ हजारभन्दा बढी कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रको बार्षिक प्रतिवेदन अनुसार देशभरका १ हजार ५ सय ७७ सरकारी कार्यालयहरूको छड्के तथा अनुगमन गरेकोमा समय पालना नगर्ने र तोकिएको पोशाक नलगाउने ११ हजार १ सय १ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ। केन्द्रका अनुसार,आचारसंहिता र समय पालना नगरेका १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारी कारबाहीमा परेका हुन । यसरी कारवाहीमा पर्नेमध्ये सबैभन्दा धेरै कार्यालय समय पालना नगर्नेहरु रहेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको तथ्यांकअनुसार गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयहरूको संख्यामा झण्डै तीन गुणाले वृद्धि गरी ९२४ पुर्‍याइएको छ । बालेन साह प्रधानमन्त्रीको कुर्सीमा पुगेसँगै आयोगले ८ सयभन्दा बढी सार्वजनिक कार्यालयहरूमा अनुगमन गरी ७ हजार १२ जना कर्मचारीहरूलाई पहिलो चरणमा,दोश्रो चरणमा ३४३ कार्यालयमा अनुगमन गर्दा समय पालना नगर्ने ३ हजार ४ सय ६० जना र पोशाक नलगाउने २५५ जना गरी कुल ३ हजार ७ सय १५ जना र त्यस पछि १ हजार २ सय ८३ जना र पोशाक नलगाउने ७७ जना गरी जम्मा १ हजार ३ सय ६० जना कर्मचारीहरू कारबाहीमा परेका जनाएको छ । यस्तै,त्यस पछि २ सय ४५ वटा कार्यालयमा अनुगमन गरी समय पालना नगर्ने १ हजार ७ सय ५० जना र पोशाक नलगाउने १८७ जना गरी कुल १ हजार ९ सय ३७ जना कर्मचारीहरूलाई कारबाही गरिएको थियो ।
केन्द्रले अनुशासन पालना नगरेका ती कर्मचारीहरूलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५(क) बमोजिम सचेत गराई कारबाही गर्न सम्बन्धित निकायहरूलाई सिफारिस गरेको हो । यो अवधिमा आचारसंहिता र समय पालना नगरेका १० हजार २६८ जना रहेका छन् भने तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारी कारबाहीमा परेका छन् । गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५ दशमलव ८२ प्रतिशत उजुरी फर्छ्योट गरिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७२ प्रतिशत विन्दुले बढी भएको केन्द्रले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अनलाइनबाटै आवेदन दिएका २ हजारमध्ये ४ सयको सरुवा,एक सयको प्रक्रियामा

समयमा कार्यालय पुग्दैनन् कर्मचारी,१० हजार २६८ माथि कारवाहीको डण्डा बर्सदै

कर्मचारी अध्ययन बिदा विवादमा प्रदेश सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

सरकारी जग्गा संरक्षण गर्ने निकायबाटै सरकारी सम्पत्तिको दोहन ?

कम्युटर अपरेटरको बढुवाको व्यवस्था यथावत राख्न माग

मन्त्रिपरिषद् बैठक बस्दै, तीन सहसचिव सचिवमा बढुवा, सचिवहरुको सरुवा हुने सम्भावना

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सुधार गर्न खोज्दै मन्त्री, घेरा कस्दै कर्मचारी : श्रम मन्त्रालयमा ‘गुल्मी–स्याङ्जा कनेक्सन’को चर्चा

बिशेष