युवा, श्रम तथा रोजगार मन्त्रालयमा संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएसँगै कर्मचारी समायोजन र पदस्थापनको विषयले नयाँ विवाद जन्माएको छ। नयाँ संगठन संरचनामा आफू फाजिलमा नपरिने सुनिश्चित गर्न कर्मचारीहरू शक्तिकेन्द्र धाउने क्रम बढेको आरोपबीच मन्त्रालयभित्रको पछिल्लो पदस्थापनले योग्यता, क्षमता र आवश्यकता भन्दा व्यक्तिगत पहुँच, समूहगत प्रभाव र निकटतालाई प्राथमिकता दिइएको हो कि भन्ने प्रश्न उठाएको छ।
बिज्ञापन
श्रम मन्त्रालय अहिले दुई फरक प्रवृत्तिको दबाबमा देखिएको छ। एकातर्फ युवा मन्त्री रामजी यादव नयाँ पुस्ताको प्रतिनिधिका रूपमा मन्त्रालयमा रहेका विकृति अन्त्य गर्दै सुधारका काम अघि बढाउने प्रयासमा रहेको बताइन्छ। अर्कोतर्फ मन्त्रालयका सचिव डा. दीपककुमार काफ्ले कानुन र नीतिगत सुधारमार्फत श्रम प्रशासनलाई व्यवस्थित गर्ने पक्षमा रहेको बताइन्छ। तर सुधारको प्रयास गरिरहेको नेतृत्व नै विगतदेखि शक्ति र पहुँचको अभ्यास गर्दै आएका कर्मचारीको घेराबन्दीमा परेको हो कि भन्ने प्रश्न पछिल्लो कर्मचारी पदस्थापनसँगै बलियो बनेको छ।
बिज्ञापन
विशेषगरी संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि मन्त्रालय र मातहतका निकायमा भएको कर्मचारी समायोजनले यही प्रश्नलाई थप गम्भीर बनाएको छ। मिति २०८३ भदौ २ गते भएको सहसचिवहरूको समायोजनमा अवकाशको नजिक रहेका केही सहसचिवले महत्वपूर्ण महाशाखाको जिम्मेवारी पाएको विषयले मन्त्रालयभित्र चर्चा पाएको छ। हिजो सत्ता र शक्तिको तर मारिराखेकै हरुको घेराबन्दीमा पर्नु भएको छ। २४घ१ बाट बढुवा भएका र गुल्मी र स्याङ्गजाबाट प्रतिनिधित्व गर्ने सहससचिवहरुलाई वरीपरी राखेर काम गर्नखोज्नु भएको छ यसबाट के परिणाम आउला। आफै अनुमान लगाउन सकिन्छ।
अहिले श्रम मन्त्रालयमा संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भइसकेपछि कर्मचारीहरु आफू फाजिल नपरु भनि व्यापक हलचल र चलायमान भइरहेका छन।
बिज्ञापन
के भइरहेको छ त युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतः
मिति २०८३।५।२ को सहसचिवको समायोजन यसरी भएको छ। गुल्मी घर भएका नश्लिय र नेपो बेबी चिन्तन भएका अनिवार्य अवकाश हुन ८ महिना बाँकी रहेका सहसचिव बाबुराम भण्डारीले मन्त्री र सचिवसँग मिठो कुरा गरी प्रशासन महाशाखा पाउनु भएको छ। भण्डारी विगतमा माओवादी नेता महराका प्रिय पात्र हुनुहुन्थ्यो। महरा जहाँ जानुहुन्थ्यो त्यही गएर पिए बस्ने गर्नुभएको अभिलेखबाट देखिन्छ। भने गुल्मी नै घर भएका अनिवार्य अवकाशमा जान १ वर्ष बाँकी रहेका सहसचिव पिताम्बर घिमिरेले वैदेशिक रोजगार महाशाखा र आन्तरिक रोजगार महाशाखाको जिम्मेवारी पाउनु भएको छ। हाल वैदेशिक रोजगार व्यवसायी महासँघ सुधारको माग राखी आन्दोलनमा रहेको छ। यस्ता सहसचिवले कसरी उक्त समस्या समाधान कसरी गर्नुहुन्छ हेर्न बाँकी छ। त्यस्तै भरखरै अन्यत्रबाट सरुवा भएर आउनु भएकी सहसचिव मनिता श्रेष्ठलाई युवा परिषद्मा पठाइएको छ। उहाँलाई मन्त्रालयमा राख्दा नीतिगत काम प्रभावकारी हुन्थ्यो तर नश्लिय चिन्तनका कारण उहाँ युवा परिषद पुग्नु भएको छ।
श्रम तथा व्यवसाय सुरक्षाजन्य विभागमा करिब १५ महिना देखि बस्दै आउनु भएका सहसचिव चक्रपाणी पाण्ड्येलाई यथास्थितिमा राखिएको छ। उहाँ काममा खटिने कर्मचारी हो । निजलाई वैदेशिक रोजगार विभागमा पदस्थापन गरेको भए हाल देखिएको समस्याले राहत पाउँथ्यो । मिरा आचार्य जेन जी पुस्ताकी सहसचिव भएपनि निजको अनुभवको कारणले गर्दा वैदेशिक रोजगार क्षेत्र निकास पाउनुको सट्टा झन अस्तव्यस्त हुँदै गइरहेको यस क्षेत्रका जानकारहरुले अनुभव गरेका छन।
आज मिति २०८३।५।३ गते उपसचिवहरुको पदस्थापन र सममायोजनको निर्णय हुँदै।
यसमा पनि स्याङ्गजा र गुल्मीको नेपो बेबी र नश्लिय चिन्तन हावी हुँदै छ। दिपेन्द्र पौडैल स्याङ्गजा घर भएका उपसचिव हुन । निज युएई लेवर काउन्सिलरको रुपमा पठाएपनि दूतावाससँगको दन्द्वका कारण १ वर्षमै फिर्ता भएका कर्मचारी हुन। श्रम काउन्सिलर भई सकेपछि कर्मचारीहरु श्रम मन्त्रालयमा बस्न नै चाहँदैनन्। तर निज १ वर्ष देखि श्रम मन्त्रालयमा बसीराख्नु भएको छ। सुर्खेत श्रम तथा रोजगार कार्यालयमा पदस्थापन गरेपछि निजले ४ महिनामा ५० हजार श्रम स्वीकृति दिएको देखिन्छ। हाल उक्त कार्यालयको उपसचिवको दरबन्दी काटिएपछि निज टेकु कार्यालय जान जे सुकै गर्न तयार हुनुहुन्छ। श्रम कार्यालय टेकुको वरिष्ठ काराखाना निरिक्षक उहाँकै जोडबलमा काटिएको हो। त्यहाँको व का नि फाजिलमा पर्नु भएको छ। गुल्मी घर भएका करिब ५ वर्ष देखि तालिम केन्द्र बुटवलमा कार्यरत ५६ वर्षका उपसचिव गिरिराज ज्ञवाली सहसचिव बाबुराम भण्डारीका आफन्त हुन। उनलाई मन्त्रालयको प्रशासन महाशाखा ल्यान भण्डारीले प्रयास गरेपनि सफल हुन सक्नु भएको छैन। २४घ१बाट बढुवा भएका उपसचिव गुरुदत्त सुवेदी विगत ५ वर्ष देखि श्रम मन्त्रालय अन्तर्गत कार्यरत हुनुहुन्छ। चतुर स्वभावका र खेलोफडको जानेका सुवेदीले आइएल टि एसमा ५ पनि ल्याउन नसकेपछि श्रम काउन्सेलरको मायामारेर मन्त्रालयमा सुधारका काममा मन्त्रीलाई सघाउनुको सट्टा चाकरी र चाप्लुसीमा रमाउनु भएको छ। उपसचिव प्रविन कोइराला गोदावरी नगरपालिका ललितपुरको खानी तथा खनिजको भ्रष्ट्राचार काण्डमा विषेश अदालतमा सफाइ पाउनु भई मन्त्रालयको वैदेशिक रोजगार हेर्ने महत्वपूर्ण शाखा लिएर बस्नु भएको छ उनी पनि सुधारका काम भन्दा चाप्लुसीमा रमाउने मान्छे हो। जेन जी सोच भएका उपसचिवहरु होमनाथ पराजुली किशोर थापालाई नेपो बेबी चिन्तनले छायामा पारेको छ। स्याङ्ग्जा घर भएका उपसचिव उपेन्द्रराज पौडैल मन्त्रालयमा गएको १ वर्ष नपुग्दै बाबुराम भण्डारीको सिफारिसमा गृह मन्त्रालयमा सरुवा भएको थियो। सो सरुवाको विषयमा चित्त नबुझी प्रशासकिय अदालतबाट अन्तरिमकालिन आदेश लिई मन्त्रालयमा हालै सिर्जना गरिएको गुनासो व्यवस्थापन शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ। उहाँ पनि मन्त्रीलाई रिझाएर बस्नु भएको छ। त्यस्तै बझाङ्ग घर भएका हाल श्रम तथा व्यवसाय सुरक्षाजन्य विभागमा कामाकाज तोकिएका तुलनात्मक रुपमा इमान्दार र सोझो भनि चिनिएका उपसचिव लबराज जोशीले पनि १ वर्ष नपुग्दै सामान्यको अतिरिक्त समूहमा सरुवा हुँदा चित्त नबुझी प्रशासकिय अदालतबाट अन्तरिमकालिन आदेश लिएर बस्नु भएको थियो। तर उनलाई बाबुराम भण्डारीको सिफारिसमा प्रशासकिय अदालतको अन्तिम आदेश नआई सामान्य प्रशासन मन्त्रालयले मिति २०८३ भदौ १ गते सरुवा गरेको थियो। उहाँ सो बदर गर्नका लागि सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिनु भएको छ। त्यस्तै आफ्नो डिग्निटिमा बस्न रुचाउने उपसचिव केशव पण्डित पनि सोही अदालतबाट अन्तरिमकालिन आदेश लिएर बस्नु भएको छ। उहाँ उपसचिवमा १३ वर्ष विताउनु भएको कर्मचारी हो। तालिमकेन्द्र विराटनगरमा करिब ५ वर्ष देखि कार्यरत उपसचिव पुष्पराज कटुवाल बढुवाको लागि पर्खनु भएको छ। ३ वर्ष देखि कार्यरत अख्तियार प्रमुख प्रेम कुमार राईको सिफारिसमा सबै अवसर हासिल गरी सक्नु भएका उपसचिव राजकुमार राई तालिम केन्द्र भैसेपाटीमा कार्यरत हुनुहन्छ। निज लेवर काउन्सिलरको लागि जान तत्पर हुनु भएको छ। यस अगाडि उहाँ इपिएस कोरियन शाखामा हुँदा महिलासँग काण्ड मचिएको थियो। सिन्धुपाल्चोक घर भएका, विगतमा माधव सापकोटा मेरो आफन्त हो भन्ने र माओवादी सरकार नजिक भएर फाइदा लिनु भएका र हाल सरकार पक्षीय व्यक्ति भनेर चिनिने वैदेशिक रोजगार वोर्डमा कार्यरत भुपेन्द्र सापकोटा खानपिउन रमाउने उपसचिवको रुपमा रहनु भएको छ। त्यस्तै विगतमा वैदेशिक रोजगार कार्यालयमा कार्यरत रहँदा कार्यालय प्रमुखसँग भनाभन परेका उपसचिव शारदा भण्डारी सचिवको जिल्लाबासी मानिनुहुन्छ। युवा मन्त्रालयबाट समायोजन हुनु भएकी उपसचिव रमा भट्टराई विगतमा श्रम मन्त्रालय बसेर सबै फाइदा लिनु भएकी हुनुहुन्छ। उहाँले कोरियाको लेवर काउन्सिलरमा ३ वर्ष समय व्यतित गरिसक्नु भएको हो। कविता फूँयाल पनि युवा मन्त्रालयबाट समायोजन भएर बैदेशि रोजगार बोर्डमा कार्यरत हुनुहुन्छ।
यी सबै उपसचिवहरु मापदण्डका आधारमा नभएर सहसचिव बाबुराम भण्डारीको तजबिजी, नश्लिय चिन्तन र नेपो बेबी को आधारमा हुँदैछन।
श्रम मन्त्रालयमा अहिले भइरहेको कर्मचारी चलखेल त्यही परीक्षाको सुरुवात हो। संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि को कहाँ पुग्यो भन्नेभन्दा पनि किन पुग्यो भन्ने प्रश्न महत्वपूर्ण छ। त्यसको उत्तर नआएसम्म मन्त्रालयभित्र उठिरहेका नातावाद, पहुँचवाद र समूहगत प्रभावका आरोपहरू समाप्त हुने देखिँदैनन्।
अन्ततः ‘गरिबको चमेली, बोलीदिने कोही छैन’ भन्ने भावनालाई राज्यको प्रशासनले व्यवहारमै गलत साबित गर्नुपर्ने हो। विदेशमा श्रम बेच्न बाध्य नेपाली युवादेखि स्वदेशमै रोजगारी खोजिरहेका नागरिकसम्मको पक्षमा उभिनुपर्ने मन्त्रालयभित्रै यदि पहुँचवालाको बोलवाला भयो भने सुधारको भाषणको अर्थ रहँदैन। त्यसैले अब श्रम मन्त्रालयले व्यक्ति होइन, प्रणाली रोज्नुपर्ने बेला आएको छ। प्रणाली रोज्न सके मात्र नयाँ नेतृत्वको आगमनले अर्थ राख्नेछ; अन्यथा अनुहार फेरिए पनि प्रवृत्ति उही रहनेछ।



























