भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले ४५ जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले २२ जना उपसचिव र २३ जना अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार भदौं १ को निर्णय अनुसार २२ जना उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको हो भने सोमबारकै निर्णय अनुसार,२३ जना शाखा अधिकृतहरुको समेत सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
सरुवाको सूची अनुसार,श्रम मन्त्रालयबाट लबराज जोशीलाई कमलबजार नगरपालिका,हुलाकबाट जमुना मिश्रलाई भक्तपुर नगरपालिका,कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाहीलाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ । यस्तै,भक्तपुर नगरपालिकाबाट बसन्त भट्टराई महिला बालबालिका मन्त्रालयमा पठाइएको छ ।
सूची अनुसार,गृहबाट प्रर्दशनी कुमारीलाई पचरौता नगरपालिका,लिला कुमारी केसीलाई बृन्दावन नगरपालिका,राष्ट्रिय परिचयपत्रबाट सानुबाबु अधिकारीलाई देवाही गोनाही नगरपालिका,लोकसेवा आयोगबाट नरायणप्रसाद ज्ञवालीलाई शितगंगा नगरपालिकामा खटाइएको छ । यस्तै,जिप्रका कास्कीबाट गुरुदत्त ढकाललाई सबैला नगरपालिका,चोमेन्द्र न्यौपानेलाई बूढीगंगा नगरपालिका,युवराज पोखरेललाई मिथिला नगरपालिकामा पठाइएको छ । सरुवाको सूची अनुसार २० जना उपसचिवहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ ।
उता,२३ जना शाखा अधिकृतहरु सरुवामा पर्दा २२ जना स्थानीय तहमा खटाइएको छ ।
२२ उपसचिव र २३ अधिकृतको सरुवा,४२ जनालाई खटाइयो स्थानीय तह
0%
0%
0%
0%
0%
0%



























