तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,लेखापालसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । आयोगले महोत्तरीको औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसहित तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव ,तत्कालीन सब–इन्जिनियर बिपिन कुमार मण्डल, लेखापाल बिजय कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव,तत्कालीन जिन्सी शाखा प्रमुख शिव शंकर यादवसहितका ११ जनालाई प्रतिवादी बनाएर अख्तियार विशेषमा पुगेको हो ।
आयोगले ह्याण्डपम्प ट्युबवेल (चापाकल) खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनालाई प्रतिवादी बनाइएको हो । आयोगका अनुसार आर्थिक बर्ष ०७९ ८० मा औरही नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत खरिद प्रक्रिया अपनाएको, खरिद प्रक्रियामा प्रतिस्पर्धालाई जानाजान सीमित गरिएको, आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रमार्फत खरिद गर्नुपर्ने कार्य सिलबन्दी दरभाउपत्र तथा सोझै खरिद गरी स्थानीय सरकार र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको आरोप लगाइएको छ । यस्का अलवा लागत अनुमान, खरिद आदेश, जिन्सी दाखिला तथा सार्वजनिक खरिद ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसमेत बेवास्ता गरी खरिद कार्य गराएको र भुक्तानी दिएको–लिएको अनुसन्धानबाट पुष्टि भएको देखिँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसहितविरुद्ध ३६ लाख १३ हजार, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब–इन्जिनियर बिपिन कुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैंया,तत्कालीन लेखापाल बिजय कुमार यादव र तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

यस्तै तत्कालीन जिन्सी शाखा प्रमुख शिव शंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो मागदावी लिएको छ । आयोगले आपूर्तिकर्तातर्फ लिला आयरन स्टोर्स, औरही–१, महोत्तरी र सोका प्रोप्राइटर बिनय कुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ ८१ पैसा, डि।एम। जेनरल अर्डर सप्लायर्स, जलेश्वर–३, महोत्तरी र सोका प्रोप्राइटर दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ ३६ पैसा बिगो कायम गरेको छ ।

बिज्ञापन

त्यस्तै, श्री राम इन्टरप्राइजेज, जलेश्वर–३, महोत्तरी र सोका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ ३६ पैसा, जैसवाल निर्माण सेवा ९सिर्जना ट्रेडर्स०, औरही–१, महोत्तरी र सोका प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ ९२ पैसा तथा क्वालिटी सोलुसन कम्पनी प्रा लि , बागडोल–४, ललितपुर र सोका प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघका कर्मचारीलाई अब अर्धमासिक तलब

शक्तिको दुरुपयोग गर्दै मन्त्री चौधरी चढ्छिन् आधा दर्जन फेरिफेरि गाडी

संघीय निजामती विधेयक अन्तिम चरणमा, ‘३०–५५’ यथावत् राख्ने तयारी

यी हुन उपसचिव नियुक्ति सिफारिस भएका ४५ जना

भन्सार जाँच नगरी आठ कन्टेनर छुटाइएपछि खैलाबैला, मुस्ताङको ‘सेटिङ’ अब राजस्वको जिम्मामा

२२ उपसचिव र २३ अधिकृतको सरुवा,४२ जनालाई खटाइयो स्थानीय तह

सम्पादक श्रेष्ठलाई छाड्न सर्वोच्च अदालतको आदेश

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,लेखापालसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष