बहुमत पुर्याउन नसकेपछि बाहिरिए बानिँया

 बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।सोमबार दिउँसो बसेको बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए । उनले आजै विश्वासको मत लिने तयारी गरिरहेका थिए । बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट र अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने अवस्था छ । मुख्यमन्त्री बानियाँले बहुमत जुटाउने कोसिस पनि गरेका थिए। तर बहुमत जुटाउन नसकेपछि उनी राजीनामा दिएका हुन ।

बिज्ञापन

प्रदेश सभा बैठकको रोस्ट्रमबाट राजीनामा घोषणा गरेका बानियाँले लगत्तै प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउने बताएका थिए। उनले नेकपा एमाले र नेकपालाई बहुमत जुटाएर सरकार बनाउन आग्रह गरेका छन्। यहाँ एमाले र नेकपालाई नयाँ सरकार बनाउन २ जना सांसदको आवश्यक्ता पर्नेछ । सो प्रदेशमा १०४ सदस्यीय प्रदेशसभामा सदस्यहरु रहेका छन् । नेकपा र एमालेको गठबन्धन गर्दा ५१ जना मात्र पुग्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बहुमत पुर्याउन नसकेपछि बाहिरिए बानिँया

विमानस्थलबाट पक्राउ परे दुई कर्मचारी

कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : यस्ता छन् नयाँ योजना

सर्वाेच्चमा हुँदैछ चार न्यायधीश रिक्त,प्रतिष्प्रर्धामा को- को ?

विश्वासको मत खोज्दै बागमती र लुम्बिनीको मुख्यमन्त्री

कस्ले दियो मन्त्रीलाई यस्तो आइडिया ?

संसदमा पाँच वटा विद्येयक पेश हुँदै

भोलिदेखि सबै म्यानपावर अनिश्चित समयका लागि बन्द

बिशेष