संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बैठकमा पाँच वटा विद्येयक पेस हुँदैछन् । दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा चार वटा विद्येयक पेश हुनेछन् ।
बिज्ञापन
जहाँ सभामुख,महिला बालबालिका,परराष्ट्र मन्त्रीले चार वटा विद्येयक पेश गर्दैछन् भने माथिल्लो सदमा कृषिमन्त्रीले एक विद्येयक पेश गर्नेछिन् । राष्ट्रियसभाको बैठक सवा १ बजेका लागि तय भएको छ ।
बिज्ञापन
प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै सोही सदनमा महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ र मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ पेश गर्ने कार्यसूची रहेको छ । यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उता,सवा एक बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।



























