एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

संघीय सरकारले सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको भए पनि कतिपय स्थानीय तहमा हाजिरी रजिष्ट्रीमै हाजिरी गर्ने,त्यो पनि एक महिनाको हाजिरी एकै दिन लगाइने गरेको पाइएको छ ।

बिज्ञापन

संघीय मन्त्रालय गत वैशाखमै सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय र ७५३ ओटै स्थानीय तहलाई कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणलाई व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न,प्रत्येक १५ दिनमा विद्युतीय हाजिरीको विवरण प्रिन्ट गरी, प्रमाणित गरेर सुरक्षित रूपमा अभिलेख राख्न निर्देशन दिएको भए पनि केही पालिकामा यस्को ठाडै उल्लंघन भइरहेको पाइएको हो । यस्तै भेटिएको हो,बैतडीको पुर्चौडी नगरपालिकामा ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत काठमाडौंतिर हिडेको मौका छोपी पालिकाको पाँचौं तहको कर्मचारीले साउन महिनाभरीको हाजिरी,साउन मध्यमतिर गरेको बिषय बाहिरिएको हो । बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत एक कर्मचारीले महिनाभरको हाजिरी एकैपटक गरेको खुलेसँगै सो बिषयमा छानबिन हुने भएको छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक (पाँचौं तह) की कर्मचारी गीताकुमारी खड्काले साउन महिनाभरीको हाजिरी गरेको खुलेको हो ।

बिज्ञापन

पालिकामा विद्युतीय हाजिरी ई हाजिरी समेत रहेको जनाइएको छ यद्यपि हाजिरी रजिष्ट्रीमा साउन १४ मै महिनाभरीको हाजिरी लगाएको बिषय बाहिरिएको थियो । हाजिरी पुस्तिका बाहिरिएपछि गल्ती भएको भनी त्यो च्यातेर अर्को पानामा गराउने तयारी भइरहेको जनाइएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि काठमाडौंतिर भएको समयमा यो घटना घटेको जनाइएको छ ।यो बिषयमा बुझ्न कर्मचारी प्रेसले प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार पोखरेलसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

नगरपालिकामा ई–हाजिरी गर्ने व्यवस्था रहेको जनाउँदै नगरप्रमुख बमले हाजिरी पुस्तिकाले केही फरक नपर्ने बताए । नगरप्रमुख दीपकबहादुर बमले एकैपटक हाजिरी गर्नु एकदमै गलत भएको बताए । अगाडि भने, ‘हामीकहाँ ई–हाजिरीको व्यवस्था छ, त्यसैले त्यसले खासै फरक त पर्दैन । तर एकैचोटि हाजिरी गर्नुचाहिँ गलत हो । उहाँ सधैं कार्यालयमै हुनुहुन्छ । फिल्डमा नखटिने कर्मचारीलाई एकैपटक हाजिरी गर्नुपर्ने कुनै आवश्यकता नै छैन ।’

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष