डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा डा नुतन शर्मा अनुसन्धानको राडारमा तानिएकी छिन् ।

बिज्ञापन

गत असार १४ मा ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ । पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले लमजुङ घर भएर इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो । साउन १ मा पक्राउ परेकी गोतामेलाई सरकारी वकिल कार्यालयको निर्देशन अनुसार शुक्रवार हाजिर जमानीमा रिहा गरिएको छ । सो घटनामा वरिष्ठ स्त्रीरोथ तथा टेष्टट्यु बेबी विशेषज्ञ डा नूतन शर्मा पनि अनुसन्धानको दायरामा तानिएकी हुन । डा शर्मा सुटुक्क प्रहरी र सरकारी वकिलकहाँ हाजिर भएर छुटेकी छन् । २१ साउनमा जिल्ला प्रहरी परिसर, ललितपुर पुगेकी उनलाई सरकारी वकिलले बयान लिएर छाडेको जनाइएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार,डा शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । गत शुक्रवार उनलाई हाजिरी जमानीमा छोडिएको प्रहरीले जनाएको छ । सरकारी वकिल कार्यालयको सहमतिमा उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा बी एन्ड बी अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नुतन शर्मा र गोतामेबीच भएको ह्वाट्सएप संवाद तथा बैंक कारोबारको विवरणसमेत संकलन गरेको छ । होप फर्टिलिटीको केसमा अनुसन्धान गरेका प्रहरी अधिकृतहरुका अनुसार किशोरीलाई १० हजार रुपैयाँ दिएर खरिद गरिएको डिम्ब १८ लाख रुपैयाँसम्ममा बिक्री गरेको खुलेको थियो । बी एण्ड बीको अनुसन्धानमा पनि डाक्टर नुतन शर्माले विचौलियालाई ५० हजार दिएको प्रष्ट देखिन्छ ।

बिज्ञापन

डा शर्माले गोतामेलाई पटक–पटक ५०–५० हजार रुपैयाँ पठाएको अनुसन्धानबाट खुलेको र सोही रकममध्ये ३० हजार रुपैयाँ पीडित किशोरीलाई दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

यस अघि २०८२ असारमा होप फर्टिलिटी सेन्टरमा अवैध तरिकाले डिम्ब निकाल्ने काम भएको खुल्यो । जसमा महान्यायविधवक्ता सविता भण्डारी नै मुछिएकी थिइन । सो प्रकरण सेलाउन नपाउँदै ०८३ असारमा बी एण्ड बी अस्पतालको आईभीएफ सेन्टरमा अवैध रुपमा डिम्ब निकाल्ने काम भएको बिषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । यी दुबै प्रकरणमा डिम्ब निकालिएकाहरु १८ वर्षभन्दा कम उमेरका किशोरी हुन् । नेपालमा कानुन त २० देखि ३० वर्षका महिलाहरुले मात्र डिम्ब दान गर्न सक्छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष