रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

रास्वपाको सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारको नाम परिवर्तन गर्न प्रस्ताव गरेका छन् । संघीय संसद अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका ढकालले नेपालमा सिंह नभएकाले सिंहदरबार नाम राख्न नउपयुक्त भएको उनले बताएका हुन ।
उनले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने प्रस्ताव गरे । उनले अगाडि भनेका छन्, हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ । र त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ । परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दैगर्दा त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला ।

बिज्ञापन

सांसद ढकालले नाममात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औंल्याए। प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनको जोड छ।
यसैबीच राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ढकालको यो अभिव्यक्तिप्रति आक्रोश प्रकट गरेका छन् । उनले सांसद ढकाललाई उपबुज्रुकको संज्ञा दिँदै लेखेका छन्,एक उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ? जसको मनमा हरि नै छैन उसको नाम चॅाहि हरि ! गोबर नाम राखे हुन्न ?’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

बिशेष