सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

बिज्ञापन

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार दिउँसो बसिरहेको छ। आजको बैठकले निकायमा नियुक्ति गर्नुका साथैं मन्त्रालय तथा कार्यालयहरुको ओएनएम टुंग्याउनुका अलवा सरकारका नीतिगत विषयमा छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

आजको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायतमा पदाधिकारी नियुक्तिदेखि विभिन्न निर्णय गर्न सक्ने जनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ,सदस्य सचिवमा रामलाल जोशीका अलवा प्राज्ञ सदस्यमा तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलाषी, प्रतिसरा सायमी र कृष्ण सर्वहारी सिफारिस भएको र उनीहरुको नियुक्ति हुने सम्भावना रहेको बताइएको छ । यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि ब्रजेश खनालको नाम चर्चामा छ ।
यता आजैको क्याविनेटले मन्त्रालय तथा सरकारी कार्यालयहरुको ओएनएम टुंग्याउने सम्भवना रहेको बताइएको छ । सरकारले यस अघि असार ७ भित्र मन्त्रालयहरुको ओएनएम टुंग्याउन समय दिएकोमा गुपचुप असार मसान्तसम्म समय थपिएको थियो । निर्धारित समयभित्र ९ वटा मात्र मन्त्रालयले ओएनएम टुंग्याएको थिए । आजको मन्त्रिपरिषद्ले त्यस बारेमा समेत थप निर्णय गर्ने सम्भवना रहेको बताइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष