आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

सरकारले आगमी आर्थिक बर्षमा संघीय निजामती सेवा विद्येयक संसदमा पेश गर्ने भएको छ । यस अघि अध्यादेशबाटै ल्याउने चर्चा र परिचर्चा रहेको सङ्‍घीय निजामती सेवा गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाटै ल्याइने भन्दै कानुन मन्त्रीले संसद्मा पेस गर्ने गरी प्राथमिकता सूची सङ्घीय संसद्मा पेस गरेकी छिन् ।

बिज्ञापन

सरकारले आगामी आर्थिक बर्षमा १६६ वटा विधेयक पेस गर्ने तयारी गरेको छ । कानुनमन्त्री सोबिता गौतमले कुन मन्त्रालयबाट कति विधेयक पेस गर्ने भन्ने जानकारी राष्ट्रिय सभा र प्रतिनिधि सभालाई जानकारी गराएकी छिन् । विधायन ऐन, २०८१ अनुसार कानून मन्त्रालयले आगामी वर्षमा सदनमा पेस गरिने विधेयकहरुको सूचीसहित वार्षिक विधायन कार्यतालिका असार मसान्तभित्र संघीय संसद्‍मा पठाइसक्नुपर्ने कानुनी व्यवस्था छ। ऐनको दफा ३ मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानून मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ।

बिज्ञापन

कूल १६६ विधेयकमध्ये ९७ वटा नयाँ विधेयक र ६९ वटा विद्यमान ऐन संशोधन गर्ने विधेयक छन् । पहिलो प्राथमिकतामा ६४, दोस्रो प्राथमिकतामा ४५ र तेस्रो प्राथमिकतामा ५७ विधेयक छन् । जस अनुसार सबैभन्दा धेरै विद्येयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १७, भौतिक पूर्वाधार विकास मन्त्रालयले १६, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १६, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १५, अर्थ मन्त्रालयले १५, कृषि, वन तथा वातावरण मन्त्रालयले १३, गृह मन्त्रालयले ११, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ११, शिक्षा तथा खेलकुद मन्त्रालयले ९ विधेयक पेस गर्नेछन् ।

यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ७, सूचना तथा सञ्चार मन्त्रालयले ६, युवा, श्रम तथा रोजगार मन्त्रालयले ५, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४, परराष्ट्र मन्त्रालयले ४, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले ४ र रक्षा मन्त्रालयले १ विधेयक ल्याउने छन् ।

बिज्ञापन

जसमध्ये पहिलो प्रथामिकतामा रहेका ६४ विद्येयकमध्ये सङ्‍घीय निजामती सेवा गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परेको छ । यस्का अलवा भूमिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मिडिया काउन्सिल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रिय आमसञ्‍चार सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष